रारा तालमा जलवायू अनूकुलनबारे विमर्श

हरितगृह ग्यासँ उत्सर्जन गर्ने राष्टले नेपाललाई क्षतिपुर्ति दिनुपर्नेमा जाेड

जुम्ला । नेपालकै ठुलाे मुगु स्थित रारा ताल छेउमा जलवायू परिवर्तनबारे छलफल गरिएकाे छ । जलवायू परिवर्तनले पारेकाे असर र अनूकुलनका विषयमा छलफल गरिएकाे हाे।

कोप—२९ को पूर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरबारे छलफल गर्न शनिवार संघिय वन तथा वाताबरण मन्त्री ऐन बहादुर शाही ठकुरी मुगु पुगेका छन् ।

वन तथा वातावरण मन्त्रालय र जलवायु अनूकुलनका क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै’ फाउन्डेशनले मुगुमा दुई दिन वातावरण संक्षरण तथा जलवायू अनूकुलबारे छलफल चलाउने भएकाे छ ।

धनी राष्टहरुले अत्यधिक रुपमा गरेकाे हरित गृह उत्सर्जनकाे असर नेपाल जस्ताे गरिब राष्ट्रलाई परेकाे छ । भने पछिल्लाे समय जलवायू परिवर्तनकाे असर कृषिमा आत्मनिर्भर दुर्गम क्षेत्रमा परेकाे देखिन्छ ।

जलवायू परिवर्तनकै कारण समयमै हिउँ पानी नपर्ने,बेमाैसमी वर्षा हुने,उत्पादन घट्ने,विभिन्न राेग किराकाे संक्रमण बढ्ने लगायतका  असर देखिन थालेका छन् ।

छलफल कार्यक्रममा  नेपाल सरकारका वन तथा वातवरण मन्त्री ऐन बहादुर शाही ठकुरीले अत्यधिक हरित गृह ग्याँस उत्सर्जन गर्ने राष्ट्रहरुले नेपाललाई क्षतिपुर्ति दिनु पर्नेमा जाेड दिए ।

नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको राजधानी बाकुमा हुने कोप -२९ काे औं बैठकमा सहभागी भइ अत्याधिक हरित गृह ग्याँस उत्सर्जन गर्ने राष्ट्रहरुले नेपाललाई क्षतिपुर्ति दिनु पर्ने विषयमा जाेडदार आवाज उठाउने मन्त्री ठकुरीले उल्लेख गरे ।
नेपाल जस्ताे कृषि प्रधान देश जलवायू परिवर्तनकाे चपेटाका परेकाले यसकाे निकास खाेज्न सरकार गम्भीर रहेकाे उनकाे भनाई छ ।
उक्त छलफलमा कर्णालीका दशै जिल्लाका साथै सिन्धुपाल्चोक, सोलुखुम्बका जनप्रतिनधी,वन तथा वातावरण विज्ञहरु सहभागी छन् । दुईदिन सम्म संचालन हुने छलफलमा वातावरण संक्षरण केन्द्र विमर्श हुने छ ।

साथसाथै फाउण्डेशनकी अध्यक्ष प्रजिता कार्कीले  जलवायु परिवर्तनको असर कर्णाली जस्ताे विश्वका धेरै दुर्गम क्षेत्रका नागरिकले भाेग्दै आएकाे बताईन् ।

उनले भने,’१० वर्ष अगाडि कर्णाली ५/७  फिट सम्म हिउँ परेकाे सुन्थेउ । अहिले त १/२ फिट सम्म हिउँ पर्न पनि मुस्किल छ  । बाली नालीमा राेक किराकाे प्रकाेप उस्तै बढ्दाे छ । गाउँ नजिकका पानीका मुल सक्दै गएका छन् ।

बर्षा हुने समयमा बर्षा हुँदैन खेतिपातीमा राम्रो उत्पादन हुनै छाडेको छ । सबैभन्दा बढी कर्णालीका बासिन्दाले जलबायुपरिवर्तनको असर खेप्नु परेको छ । यसकाे निकास खाेज्न तीनै तहका सरकार लाग्नु पर्छ ।’

छायाँनाथ रारा नगरपालिका—९ का बिर्ख रोकायाले  पछिल्लाे समय सबै खाली बाली नाली श्रमनुसार उत्पादन हुन छाडेकाे बताए ।

छलफल ओैपचारिकतामा सिमित नभई कृषि  उत्पादन बृद्दि र वातारण संक्षरणमा नीति व्यवस्था हुनुपर्नेमा जाेड दिए ।
सोही कार्यक्रममा खुम्वु पासङ लामा गाउँपालिका सोलुखुम्वुकी उपाध्यक्ष टासी लामा शेर्पाले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा सबैभन्दा बढी कृषि, पर्यटन र स्वास्थ्यमा असर पारेको बताइन् ।

हेल्म्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमा ग्याल्जन शेर्पाले जलवायु परिवर्तनका लागी स्थानिय स्तरमा चेतनामुलक कार्यक्रम संचालन गर्न संघीय सरकारले देशका सबै स्थानीय सरकारलाई विशेष बजेट दिनु पर्ने बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस