कनकासुन्दरी गाउँपालिकाले पढायो छात्रबृत्तिमा चिकित्सा शिक्षा

जुम्ला- कनकासुन्दरी गाउँपालिका – ५ लुड्की गाउँकी प्रिन्ता हमाल गाउँपालिकाको ५० प्रतिशत छात्रबृत्तिमा चिकित्सा शिक्षा एमबिबिएस पढ्दै आएकी छन् । उनी गतवर्ष देखि नेपालगज्ज मेडिकल कलेजमा एबिबिएस पढ्दै आएकी हुन् ।
अहिले दोस्रो वर्षमा अध्ययनरत रहेकी छन् । चिकित्सा शिक्षा एमबिबिएस अध्ययनका लागि कुल ४६ लाख खर्चमा हो । यसमा कनकासुन्दरी गाउँपालिकाले ५० प्रतिशत अर्थात २३ लाख रुपियाँ प्रिन्सालाई छात्रबृत्ति प्रदान गरेको सूचना अधिकारी नेत्रबहादुर खत्रीले बताए ।
उनले भने, चिकित्सा शिक्षा अध्ययनपछि दुई वर्ष गाउँपालिकामा सेवा प्रदान गर्ने शर्त राखेको छ ।
यस्तै कनकासुन्दरी गाउँपालिका – ३ कल्पना बुढालाई पनि एमबिबिएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहन स्वरुप एक लाख रुपियाँ छात्राबृत्ति प्रदान गरेको उनले बताए । उनी क्रिस्ट कलेज ललितपुरमा अध्ययन गर्दै आएको जनाएको छ । कनकासुन्दरी गाउँपालिका – ५ बढुवालवाडाका विवेक बढुवाल विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विटिएस डेण्टल अध्ययन गर्दै छन् । उनललाई पनि गाउँपालिकाले प्रोत्साहन स्वरुप एक लाख रकम सहयोग गरेको स्वास्थ्य शाखा फोकल प्रर्सन वीरेन्द्र उपाध्यायले बताए ।
फोटो क्रमश विवेक, प्रिस्ता र कल्पना

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस