
जुम्ला । कालिकोटको पलाँता गाउँपालिकामा आइतबार दिउँसो बोरेलो जीप दुर्घटना भएको छ।
जुम्ला ।दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
मृतकको नाम र पहिचान खुलेको छैन। घटनास्थलतर्फ प्रहरी, सेनाको टोली गएको छ।
दुर्घटनामा ९ जना घाइते भएको प्रजिअ भट्टराईले जानकारी दिए। घाइतेको उद्दारका लागि गृह मन्त्रालयसँग हेलिकप्टर माग गरिएको छ।
प्रकाशित मिति : २०८१ कार्तिक २६ गते आइतवार