कालिकोट जीप दुर्घटना : घटनास्थलमा पुग्यो हेलिकप्टर

जुम्ला । कालीकोटको पलाँतामा भएको जीप दुर्घटनाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ ।  भर्खरै हेलिकप्टर घटनास्थलमा अवतरण भएको  पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिइन् । 

आइतबार दिउँसो भएको जीप दुर्घटनामा ८ जनाको मृत्यू भएको छ । पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो ।  जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस