जेष्ठ नागरिक संघकाे निर्वाचन: अध्यक्षमा भारती सहित कार्यसमितिनै निर्विराेध चयन

जुम्ला । जेष्ठनागरिक संघ जुम्लाकाे अध्यक्षमा तीर्थराज भारती सहित कार्य समितिनै निर्विराेध चयन भएका छन् । आईतबार सम्पन्न दाेस्राे चुनावी साधारण सभाबाट अध्यक्षमा भारतीकाे नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्विराेध चयन भएकाे मुख्य निर्वाचन अधिकृत अधिवक्ता नन्द बहादुर खत्रीले बताए । कुनै पनि पदमा दाेहाेराे उम्मेदवारी नपरेपछि सबै पदमा निर्विराेध घाेषणा गरिएकाे हाे ।

उनका अनुसार उपाध्यक्ष (पुरुष) भवानी प्रसाद न्याैपाने,उपाध्यक्ष (महिला) धनमाया कठायत,सचिवाा तुलराम न्याैपाने,सह-सचिवमा मिम बहादुर महत,काेषाध्यक्षमा हरि बहादुर महत निर्विराेध चयन भएकाे मुख्य निर्वाचन अधिकृत तथा अधिवक्ता खत्रीले कर्णाली मिसनलाई जानकारी दिए ।

सहायक मतदान अधिकृतका रुपमा मधुराज न्याैपाने खटिएका थिए । यदपी,पदाधिकारीदेखि सदस्य सम्म सबै सर्वसम्मत भएकाे न्याैपानेले बताए ।

१९ सदस्यीय कार्यसमिति मध्य तिला,हिमा र सिंजा गाउँपालिकामा मात्रै सदस्य खाली रहेकाे छ । अन्य पाँच पालिकाकाे जेष्ठ नागरिककाे प्रतिनिधित्व हुने गरि पद बाँडफाँड गरिएकाे छ ।

यस अघि तदर्थ समितिकाे अध्यक्ष भएपनि तिर्थराज भारती अहिले निर्वाचन प्रक्रियामा गई निर्विराेध अध्यक्ष बनेका हुन् । याे कार्यसमितिकाे कार्यकाल तीन वर्षकाे हुने छ ।

निर्वाचित पदाधिकारीकाे सपथ ग्रहण र प्रमाण पत्र वितरण कार्यक्रम साेमबार दिउँसाे १ बजे राखिएकाे मुख्य निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।

जेष्ठ नागरिक संघले जिल्ला भरीका जेष्ठनागरिक हरुकाे सम्मान र अधिकारका लागि वकालत गर्दै आएकाे छ । नवनिर्वाचित अध्यक्ष तीर्थराज भारतीले जिल्लाका सबै पालिकाका जेष्ठनागरिक संघ स्थापना गर्ने,सबै पालिका संग समन्वय गरि जेष्ठनागरिक केन्द्रित कार्यक्रम विनियाेजन गर्न लगाउने आफ्ना मुख्य प्रथामिकता रहेकाे बताएका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस