प्रधानमन्त्री ओलीद्धारा कर्णाली प्रतिष्ठानको शैक्षिक भवनकाे उद्घाटन

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नवर्निमित शैक्षिक भवनको उद्घाटन गरिएको छ । आईतबार प्रधानमन्त्री ओलीद्धारा प्रतिष्ठानको सुविधायुक्त शैक्षिक भवन उद्घाटन गरिएको हो ।

प्रतिष्ठानको पहिलो दिक्षान्त समारोह,सिनेट बैठक लगायतका कार्यक्रममा सहभागी हुन बुधबार जुम्ला पुगेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नयाँ शैक्षिक भवनको औपचारिक उद्घाटन गर्नु भएकाे हाे ।

भवन उद्घाटन भए लगत्तै प्रतिष्ठानकाे सिनेट बैठक सुरु भएकाे छ । सिनेट बैठकपछि दिक्षान्त समाराेह सुरु हुने छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेढ दशकपछि बल्ल आफ्नै सुविधायुक्त शैक्षिक भवन पाएको छ । २०६८ सालमा स्थापना भएको कर्णाली प्रतिष्ठान हाल सम्म भाडाकै घरमा अध्यापन गर्दै आएको थियो । तर झण्डै १३ वर्षपछि भने प्रतिष्ठानले अध्यापन गर्नका लागि आफ्नो नयाँ शैक्षिक भवन पाएको छ ।

प्रतिष्ठानमा एक दर्जन बढी स्नातक र स्नातकोत्तर तहका कार्यक्रम संचालन छन् । त्यसका लागि एक सय प्रोफेसर छन् । तर प्रतिष्ठानको आफ्नै आवास भवन र शैक्षिक भवन नहुँदा घर भाडामा लिनु पर्ने बाध्यता थियो । आफ्नो शैक्षिक भवन र स्टाप क्वाटर नहुँदा प्रतिष्ठान भाडामा मात्रै वर्षेनी करोडौ खर्चिन बाध्य छ ।

जुम्लामा आउने प्रोफेसरहरुलाई टिकाई राख्न,प्रतिष्ठानमा संचालित कार्यक्रमहरुलाई दिगो रुपमा संचालन गर्न प्रतिष्ठानले आफ्नै शैक्षिक,प्रशासनिक तथा आवास भवन बनाउन थालेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस