जुम्ला । जुम्लाकाे सिंजा गाउँपालिका सम्पन्न नि:शुल्क कान स्वास्थ्य शिविरबाट २ सय ५९ जना स्थानीय सर्विाधारण लाभान्वित भएका छन् ।
वि एन अस्पताल नेपालगन्जको प्राविधिक सहयोग, गुड न्युज फर नेपालको सहकार्य र सिंजा गाउँपालिकाको आयोजनामा संचालन भएको निःशुल्क कान स्वास्थ्य शिविरमाबाट सिंजाका २ सय ५९ जना लाभान्वित भएका हुन् ।
कान सम्बन्धि समस्या भाेग्दै आएका आर्थिक अभावले उपचार गर्न नसकेका स्थानीयलाई लक्षित गर्दै आयाेजित शिविरमा गाउँमै नि:शुल्क कानकाे जाँच गर्दा स्थानीय उत्साहित छन् ।
जम्मा कान जाँच गरिएका मध्य पुरुष १३६ जना र महिला १२३ जना रहेका छन् । जसमध्य कानकाे शल्यक्रियाका लागि ४८ जना कानका विरामी छनाेट भएकाे नराकाेट स्वास्थ्य चाैकीले जानकारी दिएकाे छ ।
शल्यक्रियाका लागि छनाेट भएका ४८ जना मध्य २१ महिला र २७ जना पुरुष रहेका छन् । भने कानमा मेशिन प्रयोग गर्नु पर्ने :११ जना, कानको जालीमा सुन्न सक्ने क्षमता चेक जाच(पिटिए ) ८१ जनाकाे गरिएकाे छ ।
त्यस्तै शिविरमा फोहोर काने गुजी तथा अन्य सफा १५०
जनाकाे गरिएकाे थियाे । भने कान जाँच गरेका २५९ जना लाईनै औषधि वितरण गरिएकाे छ ।



