लोड बढेपछि जुम्लामा बत्ती अनियमित हुँदा उपभोक्ता मर्कामा

जुम्ला । जुम्लामा एक सातादेखि बत्ती अनियमित हुन थालेपछि सर्वसाधारण मर्कामा परेका छन् । चुकेनी जलविद्युत आयोजना र राष्ट्यि प्रशारण लाईनको दुबै बत्ती अनियमित भएपछि सर्वसाधारण मर्कामा परेका हुन् । जुम्ला सदरमुकामका लागि चुकेनी जलविद्युत आयोजनाको बत्ती केहि महिनायता नियमित बल्दै आएको थियो । राष्ट्यि प्रशारण लाईन भन्दा चुकेनीकै बत्तीले जुम्लालाई झिलिमिली बनाउने अपेक्षा गरिएको थियो ।

तर आयोजना संचालन भएको एक वर्ष नबित्दै एक यूनिट विग्रिएर थन्कीनु,चलिरहेको यूनिटले बजारको लोडलाई नधान्नु र राष्ट्यि प्रशारण लाईनको बत्तीमा भोल्टेजनै कम हुनुले जुम्लाका नागरिकले फेरी सास्ती खेप्नु पर्ने भएको छ ।

विहान र साँझको अत्याआबश्यक सयम ५ देखि ९ बजेको अवधिमा बत्तीनै नआउने गरेको छ । सदरमुकाममा विद्यार्थीको आगमन बढ्दो छ । हिउँदे अतिरिक्त पढाईको चटारो सुरु हुन थालेको छ । तर बत्ती भने अनियमित हुँदा पठनपाठन देखि ईलोक्टोनिक व्यवसाय र साना उद्योगी व्यवसायीलाई समस्या भएको उद्योग बाणिज्य संघका अध्यक्ष पुरीचन्द देवकाटा बताउँछन् ।

उनका अनुसार अघिपछि फालाफाल हुने बत्ती प्राय हिउँदमा सधै समस्या हुने भएकोले सुधार गर्न सम्बन्धीत निकाय गम्भीर हुनुपर्छ । प्रायः १० बजेपछि रातभरी आउने बत्ती आउने गरेको छ ।

एक सातायता किन बत्ती अनियमित भयो ? भन्ने प्रश्नमा विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाह भन्छन,‘चिसो बढेसंगै बत्तीको लोड पनि ह्वात्तै बढेका कारण बत्ती अनियमित भएको हो । चुकेनीको काम नगर्दा राष्ट्यि लाईन जडान गर्नै समय लाग्ने र राष्ट्यि प्रशारण लाईनमा पनि लो भोल्टेजका कारण बत्ती नै नआउने आएपनि मधुरो आउने समस्या छ ।’
चुकेनी जलविद्युत आयोजनाको दुबै यूनिट संचालन भएको खण्डमा जुम्लामा विद्युतको समस्या कहिल्यै नहुने प्रमख शाह बताउँछन् । उनका अनुसार १ मेघावाट क्षामताको चुकेनी जलविद्युत आयोजना हाल ५ सय किलोवाट मात्रै संचालन छ ।

तर आयोजना संचालन भएको एक महिना नबित्दै चुकेनी विद्युत आयोजनाको एक यूनिट विग्रीएरु थन्कीएको छ । हाल सम्म पनि मर्मत हुन सकेको छैन् । उक्त यूनिट संचालन भएको खण्डमा जुम्लामा बत्तीको समस्या नहुने प्रमुख शाहको भनाई छ ।
यदपी प्राविधिक बोलाइएको छ भन्ने छ । २ महिना राम्ररी नबलेको यूनिट बिग्रिएको विषयमा कसैको ध्यान छैन् । यसमा सबैको ध्यान पुग्न जरुरी छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस