जुम्ला – सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षरता घोषणा गर्ने अभियानअनुसार जुम्लाका सवै स्थानीय तहलाई साक्षर घोषणा गरिएको छ । चन्दननाथ नगरपालिका, कनकासुन्दरी, हिमा, पातारासी, तातोपानी, गुठिचौर र तिला गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो ।
साक्षर घोषणा गर्न तोकिएका १२ मध्ये ६ वटा सूचक पूरा भएपछि साक्षरता घोषणा गर्न मिल्ने प्रावधानअनुसार स्थानीय तहलाई साक्षर घोषणा गरिएको हो ।
कनकासुन्दरी ९७ प्रतिशत, हिमा ९६ प्रतिशत, सिंजा ९६.५ प्रतिशत, चन्दननाथ ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ । तातोपानी ९५.७७ प्रतिशत, गुठिचौर ९५.७३ प्रतिशत र तिला गाउँपालिका ९५.४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक रहेको छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आर्चायले सवै स्थानीय तह साक्षर घोषणा भई सकेका छन् । अब जिल्ला साक्षरता घोषणा गर्न सबै जुट्नु पर्ने बताए । उनले भने, जिल्लाका आठै पालिका साक्षर घोषणा गरेर एक सफलता प्राप्त भएको छ । अब कुनै पनि नागरिक निरक्षर छैन । नियमित कार्यन्यवनमा जोड दिन आवश्यक छ ।
साक्षर घोषणाका सूचक
ड्ड राष्ट्रभाषा र मातृभाषाका वर्ण अक्षरको पढाई र लेखाई गर्न सक्ने,
ड्ड नेपाली र मातृ भाषामा लेखिएका मूल्यसूची र बिलको पढाई गर्न सक्ने,
ड्ड आफ्नो र परिवारका सदस्यको नाम, उमेर, लेखाई र पढाई गर्न सक्ने,
ड्ड मोबाईल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने,
ड्ड ० देखि ९ सम्मका अंक र चिन्ह लेख्न सक्ने,
ड्ड १ देखि १०० सम्मका अंक गणना गर्न सक्ने,
ड्ड लेनदेनको हरहिसाब राख्न सक्ने,
ड्ड सरल चित्र, पोष्टर, साईनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझ्न सक्ने,
ड्ड सामुदायिक कार्यक्रममा आफ्नो बिचार सहित सक्रिय सहभागिता देखाउन सक्ने,
ड्ड घडी हेरेर समय बताउन सक्ने,
ड्ड भित्तेपात्रो हेरेर तिथि मिति बताउन सक्ने,
ड्ड बैंक भौचर भर्न र चेक खिच्न सक्ने



