जुम्ला । जुम्ला सदरमुकाम स्थित कर्णाली प्रसिद्ध चन्दननाथ मन्दिरमा निर्माण गरिएको कंक्रिट यज्ञशाला विवाह मण्डप भत्काइएको छ । पुरातात्विक विभागले मापदण्ड विपरित निर्माण भएको ठहर गर्दै हटाउन परिपत्र गरेपछि चन्दननाथ गुठि व्यवस्थापन समितिले मंगलबार डोजर प्रयोग गरी भत्काएको हो ।
२०७८ साल मा गुठिकै व्यवस्थापन समितिको र चन्दा संकलन गरेको ११ लाख लगानीमा यज्ञशाला निर्माण गरिएको थियो । तत्कालीन अध्यक्ष पूणर् सिंह कठायतको कार्यकालमा यज्ञशाला निर्माण गरिएको हो । तर २०७८ लाल पौष १६ गते कार्यवहाक अध्यक्ष रत्नचन्द्र उपाध्यायको अध्यक्षतमा आधुनिक यज्ञशाला निर्माण गर्ने निणर्य गरिएको थियो ।

तर २०७९ मंसिर १८ गते पुरातत्व विभागले ऐतिहासिक,पुरातात्विक,धार्मिक तथा सांस्कृति महोत्व बोकेको तथा राष्ट्यि सम्पदा सूचिमा रहेको चन्दननाथ मन्दिर परिसरमा बनेको यज्ञशाला भनिएको आधुनिक नयाँ संरचनाले चन्दननाथको मौलिक स्वरुपलाई असर पारेकोले उक्त संरचना तत्काल हटाउन भन्दै विभागको ०७९ मंसिर १६ को निणर्यनुसार पत्र पठाएको थियो । त्यतिबेला पनि सुुनुवाई हुन सकेन् ।

फेरी पुरातत्व विभागले ०७९ मंसिरमै हटाउन पत्राचार गरिएपनि हाल सम्म यथावतनै रहेको जानकारी आएकोले यज्ञशालाका नाममा मन्दिर परिसरमा निर्माण गरिएको आधुनिक संरचना हटाउन २०८१ भदौ २६ गते दोस्रो पटक गुठि समिति,प्रशासन,प्रहरी र नगरपालिकालाई बोर्धाथ गरेर पत्राचार गरेको देखिन्छ ।

दुई पटकको पचात्रार पछि गुठि व्यवस्थापन समितिको मंसिर ५ गते बसेको बैठकले मंसिर ११ गते भत्काउने निणर्य भएनुसार मंगलबार आधुनिक यज्ञशाला भत्काइएको गुठि व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष अमर बहादुर थापाले बताए ।
पुरातत्व विभागको निर्देशननुसार हामीले भत्काएका हौँ । यसमा पुरानो समितिसंग हाम्रो कुनै पूवाग्राह छैन् । उनले भने,‘मन्दिरको मौलिक स्वरुपमै असर परेको कुरा विभागले ठहर गरेर भत्काउन भनेपछि हामीले भत्काएका छौ । विभागले निर्देशन गरेको खण्डमा मन्दिर परिसरका सबै आधुनिक संरचना हटाउन समितिले कदम चाल्छ । यो सुरुवात मात्र हो ।’

चाडैनै मन्दिर परिसरमा विभागले भनेकै स्थानमा प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुरुपको मौलिक संस्कृति झल्कीने खालको संरचना बनाईने अध्यक्ष थापाले उल्लेख गरे ।
यज्ञशाला भत्काएपछि तत्कालीन चन्दननाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष पूणर्सिंह कठायतले असन्तुष्टी व्यक्त गरेका छन् । विगतमा विवाह मण्डपको निकै समस्या र आबश्यकतालाई मध्यनजर गरी आफ्नै लगानीमा निर्माण गरेका हौ । उनी भन्छन,‘आधुनिक संरचनाका नाममा पूर्वाग्राही रुपमा पुरानो समितिले बनाएको संरचना भत्काउन थालिएको छ । यो सरासर गलत छ । मन्दिर छेउमै आकाश छुने पक्की संरचना बनेको पुरातत्व विभागले नदेख्ने तर यज्ञशाला मात्रै भत्काउने विभागले अन्याय गरेको छ ।’
८ लाख गुठिको लगानी र ३ लाख चन्दा संकलन गरी ११ लाखमा निर्माण भएको हो । हामीलाई हाम्रो पैसा विभागले फिर्ता गर्नुपर्छ । अन्यथा मुद्धा प्रक्रियामा अघि बढ्ने समेत निवर्तमान अध्यक्ष कठायतले चेतावनी दिए ।

चन्दननाथ मन्दिर गुठिको जग्गाका नाममा भ्रष्टचार मौलाएको अबस्थामा सुतिरहेको वर्तमान समिति र प्रशासनले बनेको संरचना भत्काएर गलत गरेको समेत उनको आरोप छ ।
यता नागरिक समाजका अध्यक्ष राज बहादुर महतले अपरिपक्क निणर्य र हचुवाको भरमा निर्माण भएकोले हाल संरचना भत्काउनु परेको बताए । अब विभागले मन्दिर आसपासका सबै कंक्रीट संचरना हटाउन कदम चाल्नुपर्ने उनको भनाई छ । पहिलाका समितिको कमजोरीले पैसा पनि रहेन,संरचना पनि रहेन् । अब मन्दिरमा संचरना बनाउँदा विशेष ध्यान उनको सुझाब छ ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले गुठिको विषय प्रशासनको क्षेत्राधिकार भित्र नपर्ने र विभागको निणर्य तथा निर्देशननुसार गुठिले भत्काएको बताए । मन्दिरको संरक्षण सुरक्षामा प्रशासनको भुमिका भएपनि संरचना बनाउने भत्काउने संग कुनै संलग्नता नहुने स्पष्ट पारे ।

भिडियाे हेर्न तलकाे लिंक थिच्नुहाेस्…




