जुम्ला । सामान्यतया जन्मदिन मनाउँदा फजुल खर्च गर्ने हाम्राे परिमाटी छ । केक काट्ने,हाेटलमा पार्टी गर्ने लगायतका फजुल खर्च जन्मदिनका नाममा प्रयाले गर्छन् । तर जुम्ला गुठिचाैर गाउँपालिका-३ का स्थानीय धर्मराज रावलले भने जन्मदिनकाे अबसरमा पुण्यकाे काम गर्ने घाेषणा गरेका छन् ।
१३ वर्षदेखि सरकारी सेवामा कार्यरत समेत रहेका रावलले साेमबार जन्मदिनकाे अबसरमा अबका हरेक जन्मदिनमा जुम्लाका जेष्ठनागरिकका लागि १५ हजार रुपैया दिने उद्घाेष गरेका छन् ।
जन्मदिनकाे बेला फजुल खर्च गर्ने प्रबृत्ति बढीरहेकाे बेला रावलले हरेक वर्ष जन्मदिनमा जेष्ठनागरिकलाई १५ हजार दिने उदाहरणिय कामकाे सुरुवात गरेका हुन् ।
साेमबार जन्मदिनका अबसरमा जेष्ठनागरिक संघमै पुगेर १५ हजार दिएका छन् । भने आगामी वर्षमा पनि मंसिर १७ गतेकै दिन जेष्ठनागरिक संघलाई १५ हजार हस्तान्तरण गर्ने छन् ।
यसाे त जेष्ठनागरिक संघमा आबद्द जेष्ठनागरिकहरुले सराेकारवालाबाट अपेक्षित सहयाेग,सम्मान र सद्भाव नपाएकाे गुनासाे पाेख्दै आएका छन् ।
सेवा भावले भरिपूर्ण गुठिचाैर-३ का धर्मराज रावलले हरेक वर्ष १५ हजार दिने घाेषणा गरेपछि खुसी भएकाे जेष्ठनागरिक संघका अध्यक्ष तीर्थराज भारतीले बताए ।
बुढापाकालाई सहयाेग गर्नु,सम्मान गर्नु भनेकाे सामाजिक सद्भाव देखाउनु हाे । उनीभन्छन,’धन हुनेहरु संग मन हुदैन् । मन हुने संग धन । तथापी संघर्षबाटै सफलताकाे शिखर चुमेका रावलले जेष्ठनागरिककाे सम्मानमा सहयाेग गर्ने घाेषणाले हामी खुसी छाै । उनलाई हाम्राे आर्शिवाद लागाेस् ।’
जेष्ठनागरिक संघ बजेट अभावकै बीच संचालित छ । दैनिक भेला हुने जेष्ठनागरिकलाई चिया खान समेत समस्या हुन्थ्याे ।
धर्मराज रावलकाे उदाहरणिय कार्य सबैका लागि प्रेरणा बनेकाे छ ।
साथी संगै उत्सव नमाउने भन्ने हाेईन् तर सामाजिक हितकाे काममा थाेरै भएपनि सहयाेग गर्नु पर्छ भन्ने भित्रि मनबाट लागेपछि जेष्ठनागरिकलाई जन्मदिनमा १५ हजार सहयाेग गर्ने प्रतिबद्दता जनाएकाे धर्मराज रावलले कर्णाली मिसनलाई जानकारी दिए ।