जुम्ला – पातारासी गाउँपालिका–२ फुर्कीसल्ला डाँडामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि फोरजीसहित टेलिफोन सेवा सुचारु भएको छ । पातारासी गाउँपालिका – १, २ र ३ नम्बर वडाका स्थानीय बासिन्दा सञ्चारको पहुँचमा पुगेका छन् ।
यो टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ । लामो समयदेखि पलपत्र अवस्थामा रहेको टेलिफोन टावर निर्माण पश्चात सोमबारदेखि सञ्चालनमा आएको हो ।
नेपाल टेलिकमले टावर सञ्चालनमा आएसँगै यहाँका नागरिक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् स्थानीय भक्तबहादुर बुढाले भने । उनका अनुसार यो टावर निर्माण नभएर लामो समयदेखि ठेकेदारले अलपत्र पारेका थिए । हामी यहाँका स्थानीय बासिन्दाले दुई वर्षदेखि निरन्तर पहल गरेपछि टावर निर्माण भएर सञ्चालनमा आएको हो ।
ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख सुवास शाहले बताए । उनले भने, यहाँका आठवटै स्थानीय तहका १८ स्थानमा टेलिफोन टावर निर्माण गरी सञ्चार सेवा प्रवाह भएको छ ।
पातारासीको माथिल्लो भेगमा फोरजीसहित टेलिफोन सेवा
प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस