जुम्ला । नेपाली काँग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवन बहादुर शाहीले वाईडबडी खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा सफाई पाएका छन् ।
नेपाल वायुसेवा निगमको वाइडबडी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा बिशेष अदालतले पूर्वपर्यटनमन्त्री तथा नेपाली कांग्रेसका नेता शाहीलाई सफाइ दिएको हाे ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले नेता शाहीलाई सफाई दिएकाे हाे ।
शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्। हाल उनी कर्णाली प्रदेशमा सांसद छन्। वाईडबडी खरिदमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ बिगो कायम गरी गत २२ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
तत्कालीन महाप्रबन्धक सहितका कर्मचारी दाेषी ठहर
नेता शाहीले सफाई पाएपनि निगमका तत्कालिन महा प्रवन्धक सहितका कर्मचारीलाई विशेष अदालतले दाेषी ठहर गरेकाे छ ।
३२ जना प्रतिवादी रहेको सो मुद्दामा निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना कर्मचारी र बिक्रेता कम्पनीका सात जना विदेशी दोषी ठहर भएका छन् भने अन्य सबैले सफाइ पाएका छन् । यो मुद्दामा ३२ जनालाई प्रतिवादी बनाएर अख्तियारले गत २२ चैत २०८० मा मुद्दा दायर गरेको थियो।
सो मुद्दा गत २६ कात्तिकदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ हुँदै आएको थियो। आंशिक ठहरको फैसलामा कर्मचारीको हकमा केही सफाइ पाएका छन् भने केही दोषी ठहर भएका छन्। तत्कालीन पर्यटन सचिव शंकर अधिकारी भने दोषी ठहर भएका छन्।
यस्तै, पूर्वसचिव शिशिर कुमार ढुंगाना तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गर्दै ६ महिना कैद र १२ करोड २५ लाख ९० हजार जरिवानाको फैसला भएको छ।
त्यस्तै, निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारलाई डेढ वर्ष कैद र १२ करोड २५ लाख जरिवानाको फैसला भएको छ । तर, उनी ७४ वर्ष पुगेको आधारमा उनलाई आधा कैद छुट हुने फैसलामा उल्लेख छ ।
सफाई पाउने र कसुरदारकाे विवरण