अपाङ्गता भएका नियपानीका मुकेन्द्रकाे घरमै शिक्षक,पठन पाठनमा सहज

जुम्ला ।  नेपालकाे संविधान-२०७२ ले हरेक नागरिकलाई नि:शुल्क र अनिवार्य शिक्षाकाे हककाे व्यवस्था गरेकाे छ ।
संविधानकाे भाग-३ माैलिक हक र कर्तव्य अन्तर्गत दफा ३१ मा शिक्षा सम्बन्धि हककाे उप दफा (३) मा अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकलाइ कानुन बमाेजिम नि:शुल्क शिक्षा पाउने हककाे स्पष्ट व्यवस्था गरेकाे छ ।

संविधानकाे व्यवस्था अनुरुप अपांङ्गता भएका व्यक्तिकाे शिक्षामा अपेक्षित रुपमा पहुँच पुग्न सकेका छैनन् । जुम्लाका स्थानीय तहले अपाङ्गता भएका व्यक्तिकाे शिक्षा,स्वास्थ्यका क्षेत्रमा अपेक्षित काम गर्न सकेका छैनन्।

तर जुम्लाकाे ताताेपानी गाउँपालिकाले भने अपाङ्गता भएका ताताेपानी-४ नियापानीका मुकेन्द्र सार्कीका लागि घरमै छुट्टै शिक्षककाे व्यवस्थापन गरेकाे छ ।

शारीरिक अपाङ्गताको कारण विद्यालयसम्म जान नसक्ने मुकेन्द्रका लागि पालिकाकाे समन्वयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र किडार्क नेपालद्वारा सञ्चालित सहयात्रा परियोजना मार्फत  घरमै शिक्षिकाकाे व्यवस्थापन गरिएकाे हाे।

घरमै शिक्षक राखिदिएर पालिकाले मुकेन्द्रकाे नियमित पठनपाठनलाई सहज मात्र बनाएकाे छैन् । अपांङ्गता भएका व्यक्तिले नि:शुल्क पढ्न पाउने संविधानपद्दत्त अधिकारकाे सुनिश्चितता समेत गरेकाे छ ।

शारीरिक र बोली सम्बन्धी समस्या भएका मुकेन्द्रको ईच्छाशक्ति देखेर पालिका र किर्डाकले शिक्षक उपलब्ध गराएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए ।

सरकारी विद्यालयकाे शैक्षिक गुणस्तर बृद्दि गर्नका लागि पालिकाले विद्यालय अनुगमन अभियान संचालादेखि दरबन्दी मिलानका काम भईरहेका छन् ।

उनले भने,’यस अभियानअन्तर्गत सोही गाउँकी सावित्री नेपालीलाई मुकेन्द्रको व्यक्तिगत शिक्षिका नियुक्त गरिएको छ। मुकेन्द्रकै घरकाे एक काेठालाई कक्षा काेठा बनाईएकाे छ । भने निरन्तर पठन पाठनकाे व्यवस्थापन छ ।नियमित अनुगमन समेत गरिरहेका छाै ।’

मुकेन्द्रलाई पढाउन पाउँदा शिक्षिका सावित्री,गाउँपालिका किर्डाक मात्र उत्साहित छैन् । शारिक रुपमा अशसक्त छाेरा मकेन्द्रले घरमै पढ्न पाउँदा मुकेन्द्र परिवारनै सुखी छन् । भने छाेराकाे पढाईका लागि घरमै शिक्षक व्यवस्थापन गरिदिने पालिका र किर्डाकलाई धन्यबाद दिएका छन् ।

मुकेन्द्रका बुबा भद्रविर सार्कीले आफ्नो जीवनमा यो सहयोग ठूलो राहत बनिरहेको बताए। उनले भने, पहिले छोराको शिक्षा त परै जाओस्, दैनिक क्रियाकलापमै समस्या थियो। तर, अहिले शिक्षिका र पालिकाको सहयोगले छोराको जीवनमा परिवर्तन आएको छ।’

पालिकाले आगामी दिनमा यस्ता कामहरूलाई थप विस्तार गर्दै मुकेन्द्रजस्ता विद्यार्थीहरूलाई माथिल्लो कक्षामा पढ्नका लागि अवसर प्रदान गर्ने योजना बनाएको ताताेपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताईन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस