जुम्ला । आन्दाेलनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीले आन्दाेलन स्थगित गरेपछि तालाबन्दी खुलेकाे छ। स्तरबृद्दिकाे माग गर्दै गत मंसिर ३ गतेबाट सुरु भएकाे शिक्षक कर्मचारीकाे आन्दाेलनपछि तालाबन्दी भएकाे ३२ ओेै दिनपछि स्थगित संगै ताला खुलेकाे हाे ।
विहिबार पत्रकार सम्मेलन गरि स्तरबृद्दि गर्ने विषयमा प्रतिष्ठानका उपकुलपतिले लिखित प्रतिबद्दता गरेकाे र लाेक सेवा आयाेगले समेत सहमती दिएकाेले तत्कालका लागि आन्दाेलन स्थगित र तालाबन्दी खाेलिएकाे प्रतिष्ठानका कर्मचारी ईन्द्रराज डाँगीले बताए ।
लाेक सेवाले पनि स्तरबृद्दिकाे बाटाे खाेलिदिएकाे छ । त्यसमा पदाधिकारी पनि सकरात्मक देखिएका छन् । विज्ञप्तीमा भनिएकाे छ,’मंसिर १७ गते रजिष्ट्रारबाट गठित वार्ता समितिसंग पटक पटक भएको छलफल अनुरुप मिति २०८१ मंसिर २८ गतेका दिन गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित विज्ञापनको सूचना र त्यस सूचनामा छुट भएका पदहरुको सम्वन्धमा मिति २०८१ पुष ४ गते प्राप्त पत्रानुसार सो विषय प्रति प्रतिष्ठान सकारात्मक रही उक्त विषय संवोधन गरिने व्यहोरा उल्लेख भई उपकूलपति ज्यूबाट छुट भएका पदका सम्बन्धमा समेत संवोधन गरिने लिखित प्रतिवद्धता आएको हुँदा हाललाई आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरी आजका मितिवाट आन्दोलनरत शिक्षक तथा कर्मचारीहरु नियमित कार्यालय कामकाजमा फर्किन यसै विज्ञिप्ती मार्फत जानकारीका लागि अनुरोध गर्दछौं ।’
३२ ओेैँ दिन सम्म आन्दाेलनका विभिन्न चरणमा सहयाेग गर्ने सबैलाई धन्यबाद समेत दिएका छन् । कर्मचारी ईन्द्रराज डाँगीले पदाधिकारीहरुले पटक पटक झुक्याएकाे हुनाले हालका लागि आन्दाेलन स्थगित गरेकाे तर फिर्ता नलिएकाे बताए ।