जुम्ला – बालविवाह कानुनले बर्जित गरेको छ । २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने कानुनी प्रावधान भएपनि समाजमा बालविवाह हुने गरेपनि प्रहरीमा भने उजुरी हुने गरेका छैन ।
गैरकानुनी रुपमा समाज हुने बालविवाहलाई रोक्नका लागि चन्दननाथ नगरपालिकाले रणनीति योजना बनाउन थालेको हो । नगरपालिकाले सरोकारवाला निकायबीच पुस ११ र १२ गते दुई दिने कार्यशाला गोष्ठीमार्फत राय सल्लाह सुझाब लिएर बालविवाह रोक्न रणनीति योजना बनाउन थालेको हो । बालविवाह विरुद्धको साँझा अभियान संजाल जुम्ला, साँझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्ला र चन्दननाथ नगरपालिका जुम्लाको समन्वय सहकार्यमा रणनीति योजना बनाउन थालिएको हो ।
बालविवाह विरुद्धको रणनीति योजना बनाउन सहजीकरण प्लान नेपालका परियोजना अधिकृत दिपेन्द्र सिंह सामन्तले गरेका छन् । उनले भने, रणनीति योजनामा चन्दननाथ नगरपालिकाको परिचय, नगरपालिकामा बाविवाहको वर्तमान अवस्था, राष्टर््िय अन्र्तराष्ट्यि कानुनी प्रावधान, चुनौती, समस्या असर जस्ता विषयबस्तु समेटिने छन् । नगरपालिकाले बालविवाह रोक्नका लागि के कस्ता क्रियाकलाप र बजेट आवश्यक पर्ने विषय पनि रणनीति योजनामा समेटिने छ ।
बालविवाह विरुद्धको रणनीति योजना बनाउनका लागि वडाध्यक्ष तिलकप्रसाद न्यौपानेको संयोजकत्वमा पाँच सदस्य कार्यदल पनि बनाएको छ ।
चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवि खड्काले भनिन् बालविवाह समाज विकासको बाधकले भएकोले यसलाई रोक्नका लागि रणनीति योजना बनाउन थालेका छौँ । बालविवाह रणनीति योजना बनाएर कार्यपालिकाबाट पारित गरी कार्यन्वयनमा ल्याउने छौँ ।
पेस नेपाल, बालविवाह विरुद्धको साँझा अभियान सञ्जाल जुम्लाले स्थानीय तहसँग समन्वय गरी सिंजा र कनकासुन्दरी गाउँपालिकामा पनि बालविवाह विरुद्धको रणनीति योजना बनाएको छ ।
बालविवाह रोक्ने रणनीति योजना बनाउदै चन्दननाथ
प्रकाशित मिति : २०८१ पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस