३०३ औँ पृथ्वी जयन्तीका अबसरमा कविता प्रतियाेगिता सम्पन्न

जुम्ला । देविदत्त गण जुम्लाद्दारा आयाेजित माध्यमिक विद्यालय स्तरीय कविता प्रतियाेगिता सम्पन्न भएकाे छ । ३०३ औ पृथ्वी जयन्ती तथा राष्टि्य एकता दिवस-२०८१ का अबसरमा आयाेजित कविता प्रतियोगिता सम्पन्न भएकाे हाे ।

प्रतियाेगितामा सहभागी विद्यालय मध्य कर्णाली मावि अनामनगरकी छात्रा अन्जली राेकाया प्रथम भएकी छन् । भने दुर्गा मावि लाम्राकी छात्रा अनुराधा चाैलागाँई दाेस्राे भएकी छन् ।
त्यस्तै चन्दननाथ नमुना मावि विद्यालयका छात्र कपिल उपाध्याय तृतिय र भैरव माध्यामिक विद्यालय धुपिधुस्काका छात्र सन्तोष डाँगीले सान्त्वना भएका हुन् ।

प्रतियाेगितामा उत्कृष्ट हुने विद्यार्थीलाई प्रमाणपत्र र मायाकाे चिनाे प्रदान गरिएकाे छ । पृथ्वी नारायण शाहले राष्ट निर्माण निर्वाह गरेकाे भुमिका,उनकाे दुरदर्शीता,उनकाे राष्ट्भक्तिबाट सिक्न सकिने प्रेरणा लगायतका विषयमा केन्द्रित रहि कविता प्रतियाेगिता गरिएकाे हाे ।

साथै कार्यक्रममा नेपाली सेनाकाे डकुमेन्ट्री भिडियाे प्रर्दशनसंगै खुकुरी ड्रिल अभ्यास प्रर्दशन समेत गरिएकाे थियाे ।
प्रतियाेगितामा जुम्लाका ५ वटा बिद्यालयका १३ जना छात्रछात्रालाई भाग लिएका थिए। सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र दिइईएकाे छ ।

प्रकाशित मिति : २०८१ पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस