जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकालाई १६ लाख बढिको विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको छ। तातोपानी गाउँपालिकालाई भण्डारण र विपद् प्रतिकार्यका लागि अस्थाई सिकाइ केन्द्र तथा गैर खाद्य सामग्री हस्तान्तरण गरिएको सहयात्रा परियोजना तातोपानी कलस्टर संयोजक जगदीश सिंहले जानकारी दिएका छन्।
विपद् आइपर्दा समयमै उद्धार सामग्री, प्राथमिक उपचारका सामान, र खाना÷पानीजस्ता अत्यावश्यक सामग्री उपलब्ध हुँदा मानिसहरूको जीवन बचाउन सकिन्छ। विपद् प्रतिकार्य सामग्री धेरै महत्वपूर्ण छ, किनभने यसले विपद् आइपर्दा मानिसहरूको जीवन र सम्पत्ति जोगाउन सहयोग पु¥याउँछ उनले भने।
सामाग्री गाउँपालिकाका कार्यबाहक अध्यक्ष विशाल खड्कालाई हस्तान्तरण गरिएको छ। सामान बुझ्दै कार्यबाहक अध्यक्ष विशाल खड्काले विपद् प्रतिकार्य सामग्रीले प्रारम्भिक क्षति नियन्त्रण गर्न र ठूलो क्षतिको सम्भावना कम गर्न सहयोग पुग्ने बताए ।
प्राकृतिक, मानवजन्य, वा अन्य किसिमका विपदको समयमा प्रभावित व्यक्तिहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि सामाग्री गाउँपालिकाले प्रयोग गर्ने खड्काले बताए । कुल १६ लाख २६ हजार ७ सय २६ रुपैयाँ बराबरको अस्थाई टहरा, शौचालय, बालबालिकाका पठन सामाग्री लगाएतका सामान हस्तान्तरण गरिएको हो।



