जुम्ला । मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार-२०८१ बाट पत्रकार सागर परियार पुरस्कृत भएका छन् । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट परियार पुरस्कृत भएका हुन्।
कृषि र उद्यमशीलताका क्षेत्रमा निरन्तर कलम चलाएकाे भन्दै मुक्तिनाथ विकास बैंककाे १८ औ वार्षिक उत्सवकाे अबसरमा शुक्रबार काठ्मान्डाैमा आयाेजित एक समाराेहका बीच पुरस्कार वितरण गरिएकाे छ ।
बैंकले यस अघि पुरस्कारका लागि देशभरीबाट आवेदन दिन सूचना प्रकाशन गरेकाे थियाे ।ताेकिएकाे अविधभित्र देशभरका थुप्रै पत्रकारले आवेदन दिएका थिए । तर छनाेट समितिले गरेकाे मुल्यांकनपछि जुम्लाका पत्रकार परियारले मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारकाे ‘प्रथम’ पुरस्कार जित्न सफल भएका छन् ।
बैंकले प्रथम,दित्तिय र तृत्तिय गरि तीन जनालाई पुरस्कृत गरेकाे छ । जसमा जुम्लाका सागर परियार खुल्ला प्रतियाेगिता र मुल्यांकनबाट आफुलाई अब्बल सावित गर्दै प्रथम पुरस्कार जित्न सफल भएका हुन् ।
विशेषगरी कृषि र उद्यमशीलता विकास,त्यस क्षेत्रका समस्या तथा समधान लगायतका विषयमा दुर्गममा बसेर पनि निरन्तर खबरदारीमुलक समचार लेख लेखेकाे र समस्या उजागर गरेकाे भन्दै बैंककाे छनाेट समितिले प्रथम पुरस्कारका लागि सागर परियारलाई छनाेट गरेकाे हाे ।
प्रथम पुरस्कार जित्न सफल पत्रकार परियारले नगद रु ३५ हजार सहित प्रशंसा पत्र प्राप्त गरेका छन् । उनलाई बैंकका अध्यक्ष भरतराज ढकालले पुरस्कार हस्तान्तरण गरे ।
मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिताकाे प्रथम पुरस्कार प्राप्त गरेपछि पत्रकार सागर परियारले खुसी व्यक्त गरेका छन् ।
जुम्लामा संचालित कर्णाली मिसन अनलाइनका प्रकाशक समेत रहेका परियारले भने,’याे पुरस्कारले थप जिम्मेवारी र दायित्व बढाएकाे छ । कृषि र उद्यशीलताका विषयमा निरन्तर लेख्न थप प्रेरणा पनि मिलेकाे छ । देशभरी मध्यबाट जुम्लाकाे प्रतिनिधित्व गर्दै प्रथम पुस्तकार जित्नु मेराे लागि गाैरबकाे विषय ठानेकाे छु ।’
एक दशकदेखि पत्रकारिता निरन्तर क्रियाशील रहेका परियारले कृषि,उद्यमशीलता,आर्थिक विषयमा विशेष प्रथामिकताका साथ लेख्दै आएका छन् ।
छनाेट समितिका संयाेजक राष्टि्य समचार समितिका अध्यक्ष धर्मेन्द्र झा संयाेजक रहेकाे,अनिता बिन्दु र भुपराज बत्स्याल सहित काे छनाेट समिति थियाे
देशभरका ३७ जना पत्रकारले आवेदन दिएकाेमा प्रथम सागर परियार जुम्ला ,दाेस्राे काैसिला कूँवर काठमान्डाै र तेस्राेमा पाल्पाका माधव प्रसाद अर्याल पुरस्कृत भएका छन् । प्रथम दाेस्राे र तेस्राे हुनेले क्रमश २५,२५ र १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र पाएका छन् । त्यस्तै चित्रकारहरु पनि पुरस्कृत भएका छन् ।
यसका साथै बैंकले वार्षिक उत्सवका अबसरमा ४५ जना कर्मचारीलाई सम्मान गरेकाे छ ।