धराैटीमा छुटेपछि रविले भने, ‘देशमा न्याय मरेको छैन भन्ने आभास भएको छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले न्याय मरेको छैन भन्ने कुराको आभास भएको बताएका छन् ।

बिहिबार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रक्रिया पूरा गरेर प्रहरी कार्यालयबाट बाहिरिएका उनले सो प्रतिक्रिया दिएका हुन् ।

प्रहरी कार्यालयबाट बाहिरिँदै गर्दा उनले भने, ‘न्यायालयलाई म धेरै धेरै धन्यवाद दिन चाहान्छु, न्याय मरेको छैन भन्ने कुराको आभास भएको छ । जजसले माया गर्नुभयो उहाँहरु सबैलाई धन्यवाद ।’

प्रकाशित मिति : २०८१ पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस