जुम्ला बहुमुखी क्याम्पसकाे प्रमुखमा खत्री नियुक्त

जुम्ला । जुम्ला बहुमुखी क्याम्पस जुम्लाकाे प्रमुखमा प्रकाश चन्द्र खत्री नियुक्त भएका छन्।ताताेपानी गाउँपालिका वडा नं ४ निवासी खत्री त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको पौष २८ गतेको निर्णयबाट क्याम्पस प्रमुखमा नियुक्त भएका हुन्।

२० वर्षदेखि अध्यापन क्षेत्रमा अनुभव बटुलेका खत्रीले सहायक क्याम्पस प्रमुख, स्नातकोत्तर कार्यक्रम संयोजक, आर्थिक जिम्मेवारीको साथै निमित्त क्यामपस प्रमुखको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका थिए।

२० वर्षदेखि निरन्तरत क्याम्पसकाे बृद्दि विकासमा तल्लीन नवनियुक्त प्रमुख खत्रीले भने,’आफ्नो ४ बर्षे कार्यकालमा क्याम्पसको क्षैशिक तथा प्रशासनिक क्षेत्रकाे सुधार गर्न पहल चाल्छु । उपलब्ध स्राेत साधनकाे अधिकतम प्रयाेग गरि शैक्षिक गुणस्तर बढाउन काम गर्ने छु । प्राप्त जिम्मेवारीलाई कुशसलता पूर्वक निर्वाह गर्ने प्रयासमा छु ।’

प्रकाशित मिति : २०८१ माघ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस