जुम्ला । गुठिचौर गाउँपालिका ३ गर्ज्याङकोट गाउँका समाजसेवी यूवा अर्जुन कामीले आफ्ना छोरा सुप्रिमको जन्म दिनको अवसरमा फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन्।
छोरा सुप्रिमको तेस्रो जन्मदिनको अवसर पारी कर्णाली माध्यमिक विद्यालय अनामनगरमा अध्ययनरत बहिरा विधार्थीहरुलाई केहि थान कापी र कलम बितरण गरेका हुन्।
यस्तै विभिन्न सुखद अवसर पारी जरुरत मनलाई सहयोग गर्नु निकै उत्तम कार्य रहेको उनको भनाई छ । यो सामाग्री निकै लामो समय सम्म उनिहरुलाई नपुग्न सक्छ । उनले भने,’जन्म दिन विशेष बनाउने बहानाले गलत ठाउँमा प्रयोग हुने पैसा विपन्नकाे लाई राहत पुग्ने अपेक्षा छ। सहयोग थोरै होस या धेरै तर आवश्यक परेकाहरुलाई त्यसले ठुलो राहत पुर्याउँदछ ।’
अर्जुन आफैमा एक सामाजिक अभियान्ता हुन। उनी लामो समय देखि समाज सेवा तथा जातिय विभेद जस्ता परिवर्तनात्मक अभियानमा संलग्न हुँदै आएका छन्।



