हङकङको ५० किमी अल्ट्रा म्याराथनमा जुम्लाकी राममाया बुढा प्रथम

जुम्ला । जुम्लाकी राममाया बुढाले हङकङमा आयोजित ५० किलोमिटर अल्ट्रा म्याराथनमा प्रथम स्थान हासिल गरेकी छन् । एसिया प्यासिफिक एडभेन्चर एथ्लिट्सद्धारा आयोजित ५० किलोमिटर अल्ट्रा म्याराथनमा जुम्लाकी राममाया प्रथम भएकी हुन् ।

निर्धारित दुरी र कति समयमा पुरा गरिन् भन्ने विवरण खुलेको छैन् । यदपी उनले ५० किलोमिटर अल्ट्रा म्याराथनमा भने प्रथम स्थानल हासिल गरेको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

प्रतियोगिताका क्रममा राममायाले देखाएको क्षामताका कारण प्रथम मात्र भईनन् । अन्तराष्ट्यिस्तरमा सिंहो नेपालको नाम स्थापित गरेकी छन् । कर्णाली स्पोर्ट क्लबले उत्पादन गरेका खेलाडीले पछिल्लो समय अन्तराष्ट्यि स्तरमा राम्रो खेल प्रर्दशन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस