सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीकाे प्रशिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएकाे छ । पार्टिकाे केन्द्रिय अनुशासन आयाेगकाे आयाेजना र कर्णाली कमिटीकाे व्यवस्थापनमा प्रशिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा पार्टी,संगठन,नेतृत्व र अनुशासनका बारेमा आयोगका अध्यक्ष कमरेडले र आचारसंहिता र अनुशासनका बारेमा प्रा.डा.भरत पहरीले प्रशिक्षण दिए ।
भने नकेपा एमालेका कर्णाली प्रदेशका ईन्चार्ज गाेरख बहादुर बाेगटीले प्रशिक्षणको अनुभुती बारेमा प्रकाश पार्दै आयोजक,ब्यबस्थापक र सहभागीहरुलाइ धन्यवाद दिए ।
उनले भने,’यस्ता प्रशिक्षणले नेता कार्यकर्तालाई पार्टिकाे अनुशासन,नेतृत्व विकास,संगठनका बारेमा जानकारी हुन्छ । केशव वडाल र भरत पहारीप्रती आभार व्यक्त गर्दछु । प्रदेश पदाधिकारी एवम् सहभागीलाई धन्यबाद । यस्ता कार्यक्रम जिल्ला स्तरमा चलाउन समेत आबश्यक छ ।’
पार्टीका प्रशिक्षण तथा अनुगमन कार्यक्रम आयोगका आदरणीय अध्यक्ष कमरेड केशव वडालको अध्यक्षता,प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी र प्रदेश अध्यक्ष कमरेड गुलावजङ्ग शाहको आतिथ्यता तथा अन्य नेता कार्यकर्ताकाे उपस्थितीमा कार्यक्रम सम्पन्न भएकाे हाे ।