जुम्लामा २४ औँ शसस्त्र प्रहरी दिवसःशान्ति सुरक्षा र सामाजिक कार्यमा अग्रसर शसस्त्र

जुम्ला । जुम्ला २४ औँ शसस्त्र प्रहरी दिवस मनाईएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. ३३ गण हेड क्वाटर त्रिपुरा जुम्लाले २४ औँ शसस्त्र प्रहरी दिवस विभिन्न कार्यक्रम गरि मनाएको हो । २०५७ साल माघ ९ गते अध्यादेश मार्फत २०५८ साल भदौ ६ गते देशको शान्ति सुरक्षालाई थप मजबुद बनाउन शसस्त्र प्रहरी ऐन २०५८ जारी गरी स्थापना भएको हो ।

स्थापनाको २४ वर्ष पुरा भएको अबसरमा बुधबार देशभर विभिन्न कार्यक्रम शसस्त्र प्रहरी दिवस मनाइएको छ । जुम्लामा अमर शसस्त्र प्रहरी परिवारजनलाई सम्मान,उत्कृष्ट कार्य गर्नेलाई शसस्त्र प्रहरीलाई प्रशंसापत्र वितरण,पुरस्कार वितरण,दिवसका अबसरमा साता व्यापी भएका विभिन्न कार्यक्रममा उत्कृष्ट स्थान हासिल गर्नेलाई पुरस्कार वितरण लगायतका विभिन्न कार्यक्रम दिवस मनाइएको शसस्त्र प्रहरी बल जुम्लाका प्रमुख (एसपी) लाल बहादुर शाहीले बताए ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले २०५७ सालमा अध्यादेश मार्फत नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति ल्याई गठन भएको शसस्त्र प्रहरी बलले देशको शान्ति सुरक्षा,सिमा सुरक्षा लगायतका क्षेत्रमा उल्लेखीय काम गरेको बताए ।

तोकिएका जिम्मेवारी र कर्तव्यनुसार शसस्त्र प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरिरहेको उल्लेख गरे । उनले भने,‘जुम्लामा सिमा सुरक्षा,भन्सार चुवाटको काम नगरेपनि विपद् व्यवस्थापन,लागु औषध दुव्र्यसनी नियन्त्रण,सामाजिक विकास लगायतका क्षेत्रमा प्रसंशा योग्य काम गरेको छ । पछिल्ला वर्षमा जनस्तरमा शसस्त्र प्रहरी बल प्रति जनविश्वास बढीरहेको छ । आगामी दिनमा उच्च मनोवलका साथ काम गर्न जरुरी छ ।

तातोपानी गाउँपालिकाका कार्यबाहक अध्यक्ष विशाल खड्काले २०५७ सालमा गठन भएको शसस्त्र प्रहरीले शान्ति सुरक्षा,विपद व्यवस्थापन,सामाजिक सशक्तिकरण लगायतका क्षेत्रमा गरेको प्रशंसा गरे । शसस्त्र प्रहरीले हाल सम्म आफ्नो औचित्य पृष्टि हुने गरि काम गरेको उल्लेख गरे । शान्ति सुरक्षा विभिन्न चुनौतीलाई मध्यनजर गर्दै एैरेनी क्षेत्र र पर्यटकीय क्षेत्रमा पोष्ट स्थापना गर्न अनुरोध गरे ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले शसस्त्र प्रहरीले पछिल्लो समयमा शान्ति सुरक्षा मात्र नभई यूवा सशक्तिकरण,लागु औषध दुव्र्यसनी नियन्त्रण,सरसफाई लगायतका गरेमा गरेको काम अनुसरण योग्य भएको बताए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाका प्रमुख (एसपी) लाल बहादुर शाहीले सिमित स्रोत साधनका बीच पनि देशको शान्ति सुरक्षामा शसस्त्र प्रहरी बल खटिएको बताए ।

जिल्लाको शान्ति सुरक्षामा कुनै कसुर बाँकि नहुने उल्लेख गरे । कर्णाली राजमार्गको एैरेनी र तातोपानीमा पोष्ट निर्माण गर्ने विषयमा छलफल भईरहेको छ । उनले भने,‘शान्ति सुरक्षालाई थप विस्तार गर्न तयार छौ । पोष्ट निर्माणका लागि जग्गा उपलब्ध गराउन पहलभएमा पोष्ट निर्माण हुन्छ ।’

तातोपानीमा शान्ति सुरक्षा मजबुद बनाउन शसस्त्र प्रहरीले सक्रियता बढाईरहेको उनको भनाई छ । दिवसका अबसरमा गरिएको लागु औषध,सिमा सुरक्षा र युवा विषयमा निबन्ध प्रतियोगितामा प्रथम भएकी तातोपानी ६ की तेन्जिता कामीलाई पुरस्कार दिइएको छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस