जुम्ला । सिंजा गाउँपालिका वडा नं १ जाँच गाउँका भद्द रावलकाे मृत्यु भएकाे छ । वडा नं १ कै जाँच गाउँकाे लेकाली जमिन रुपाकाेट क्षेत्रमा भएकाे आगलागी नियन्त्रणमा खटिएका ८० वर्षिय भद्द रावलकाे मृत्यु भएकाे हाे ।
सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालका अनुसार आगाे निभ्याउने क्रममा भद्द रावलकाे दुखद निधन भएकाे हाे । आगाे नियन्त्रणमा आउन नसकेपछि जिल्लाबाट नेपाल प्रहरी,शसस्त्र प्रहरीकाे टाेली आगलागी क्षेत्रतर्फ हिडिसकेकाे समेत अध्यक्ष धितालले जानकारी दिए ।
वनकाे आगाे नियन्त्रण बाहिर रहेकाे र सिंजा गाउँपालिकाका निवर्तमान अध्यक्ष देवलसिंह रावल लगायतकाे टिम आगाे नियन्त्रणमा खटिरहेकाे जानकारी प्राप्त भएकाे छ ।
भने सुरक्षा टाेली पुगेपछि जनता र सुरक्षा निकाय मिलेर आगाे नियन्त्रणमा लिने पालिकाकाे अपेक्षा छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरु संग आगाे नियन्त्रणबारे निन्तर समन्वय भई रहेकाे अध्यक्ष धितालकाे भनाई छ ।
आगाे निभाउने कार्यमा थप सहयाेग गरिदिन समेत आग्रह गरिएकाे छ । शवकाे पाेष्टमाटम गर्न मंगल विहानै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईने छ । आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।



