एमालेकाे तीन महिने अभियान लिएर कर्णालीका जिल्ला जिल्ला पुग्दै प्रदेश ईन्चार्ज बाेगटी

जुम्ला । नेकपा (एमाले)ले संचालन गरेकाे ३ महिने वडा केन्द्रित अभियानका क्रममा एमाले कर्णाली प्रदेशका ईन्चार्ज गाेरख बहादुर बाेगटी कर्णालीका जिल्ला जिल्लामा पुगेका छन्। पार्टिले संचालन गरेकाे ३ महिने वडा केन्द्रित अभियान अन्तर्गत विभिन्न कार्यक्रम संचालनका लागि ईन्चार्ज बाेगटी जिल्ला जिल्लामा पुगेका हुन् ।

ईन्चार्ज बाेगटीकै प्रमुख आतिथ्यतामा रुकुम पश्चिम, सल्यान र जाजरकाेटमा अभियान अन्तर्गतका कार्यक्रम सम्पन्न भईसकेका छन् ।

आईतबार वडा केन्द्रीत ३ महिने पार्टी अभियान लक्षित चौथो बैठक रुकुम जिल्ला सदरमुकाम मुसिकोटमा सम्पन्न भएकाे छ । त्यसअघि सल्यानमा बैठक सम्पन्न भएकाे हाे ।

रुकुम पश्चिममका जिल्ला अध्यक्ष नन्दराम देवकाेटाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे । (एमाले)कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाब जंग शाह र ईन्चार्ज कर्णालीका सबै जिल्लामा पुग्ने याेजना बनाएका छन् ।

त्यस्तै साेमबार जाजरकाेटमा कार्यक्रम सम्पन्न भएकाे छ । नेकपा(एमाले) जाजरकोटकाे चाैथाे बैठक रिद्धी सभा हल खलंगामा अध्यक्ष नरेन्द्रकुमार शाहीको अध्यक्षता,एमाले कर्णाली प्रदेश इन्चार्ज तथा स्थायि कमिटी सदस्य गाेरख बहादुर बाेगटीकाे प्रमुख आतिथ्यततामा सम्पन्न भयाे ।

बैठकमा पाेलिटब्युराे सदस्य तथा जाजरकोट इन्चार्ज भैरवसुन्दर श्रेष्ठ , प्रदेस अध्यक्ष गुलाव जङग शाह ,र केन्द्रीय सदस्य हरु,सल्लाहकार सदस्य हरुकाे सहभागिता थियाे ।
जाजरकाेटकाे बैठकले वडाकेन्द्रीत ३ महिने अभियानलाई पालिका,वडा र टोलमा प्रभावकारी रुपमा सन्चालन गर्ने निर्णय गर्नुका साथै बिभागहरु गठन,जिल्ला कमिटी सदस्यहरुको भूगोलको कार्यबिभाजन समेत गरेको छ ।

सबै जिल्लाकाे बैठकमा नेताकार्य कर्ताहरुलाई तीन महिने अभियानलाई प्रभावकारी बनाउन निर्देशन गरिएकाे छ ।समय भ्याएसम्म सबै जिल्लाका कार्यक्रममा पार्टीकाे सुदृढीकरण एवम् शुद्धीकरण, अवको ध्यान वडा-केन्द्रीत अभियान मार्फत ३ महिना पार्टी काममा लाग्ने, पार्टीले सुशासन,आर्थिक विकास,सेवा प्रवाह विकास निर्माणमा गरेका उल्लेखीय कामका विषयमा जनस्तरमा जानकारी गराउने,जनताका गुनासा सुन्ने लगायतका विषयमा छलफल गर्न अभियानका अन्तर्गत जिल्ला जिल्लामा कार्यक्रम संचालन भईरहेकाे ईन्चार्ज बाेगटीले कर्णाली मिसनलाई जानकारी दिए ।

‘०८४ काे निर्वाचनका पार्टिलाइ पहिलाे शक्ति बनाउन हामीले वडास्तरदेखि अभियान संचालन गर्दै आएका छाै ।’ उनले भने,’बैठकमा सबै जिल्लामा पुगेर तीन महिने अभियानकाे उदेश्य,पार्टीको नीति,बिचार एवम् सिद्धान्तलगायत आगामी गर्नुपर्ने कामका बारेमा बिस्तृत जानकारी गराएका छाै । पार्टिप्रतिकाे आर्कषण बढाउन जनतामा जानुपर्छ भन्ने हाम्राे मान्यता हाे ।’

अभियानका क्रममा कर्णालीका सबै जिल्लामा पुगेर पार्टी सुदृढीकरण गर्दै जनस्तरमा विश्वास पैदा गर्न गुनासाे सुन्ने र संबाेधन गर्ने पक्ष गम्भीर भएर अघि बढने तयारी छ ।

प्रकाशित मिति : २०८१ माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस