
जुम्ला । जनपक्षिय पत्रकारहरुकाे साँझा संगठन प्रेस सेन्टर नेपालकाे २१ औं स्थापना दिवस देशभर विभिन्न कार्यक्रम मनाईएकाे छ । माओवादी निकट पत्रकारहरुकाे संगठन प्रेस सेन्टर नेपालले आफ्नाे स्थापनाकाे २१ वर्ष पूरा गरेकाे अबसरमा प्रभातफेरी,अन्तरक्रिया तथा सामाजिक काम गरेर मनाएकाे हाे ।
यसैबीच स्थापना दिवसका अबसरमा प्रेस सेन्टर जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फलफूल वितरण गरि मनाएकाे छ । प्रतिष्ठानका सुत्केरीहरुलाई फलफूल(केरा र सुन्तला) वितरण गरि दिवस मनाईएकाे प्रेस सेन्टर जुम्लाका अध्यक्ष मान बहादुर कुँवरले बताए । उनका अनुसार प्रतिष्ठानकाे मेटानीटि वार्डमा रहेका ९ जना सुत्केरी महिलालाई फलफूल बाडिएकाे छ ।
अन्य कार्यक्रम भन्दा फलफूल वितरण गर्दा राम्राे सन्देश जाने र सुत्केरी अबस्थामा फलफूल खानु पर्ने चेतना पनि विस्तार हुने संगठनकाे निर्णयनुसार फलफूल बाडिएकाे प्रेस,सेन्टर जुम्लाले जनाएकाे ।

दैनिक अक्षरकाे खेती गर्नुका साथै सामाजिक कार्यमा पनि अग्रसरता बढाउनु पर्ने मर्मलाई आत्मसाथ गर्दै मानबहादुर कँवर नेतृत्वकाे प्रेस सेन्टरले आगामी दिनमा रचनात्मक काम गर्ने याेजना बनाएकाे छ ।
फलफूल पाएपछि प्रतिष्ठानमा रहेका सुत्केरी महिलाहरुले खुसी व्यक्त गरेका छन् । प्रसुती विभाग इन्चार्ज गुन्जन रावलले प्रेस सेन्टर नेपालले गरेकाे फलफूल वितरणले स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाएकाे बताईन ।
दिवसका अबसरमा प्रेस चाैतारी जुम्लामा अध्यक्ष मानदत्त रावलले पत्रकारहरुकाे पेशागत हित,निस्पक्ष पत्रकारितासंगै सामाजिक कार्यमा अग्रसर हुन शुभाकामना दिए । फलफूल वितरण कार्यक्रममा जिल्ला स्थित सबै संगठनका प्रतिनिधि तथा पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।
