![](https://karnalimission.com/wp-content/uploads/2025/01/20250128_121136.jpg)
जुम्ला । भूमि समस्या समधान आयाेग जिल्ला समिति जुम्लाका नवनियुक्त अध्यक्ष सुरत बहादुर शाहीले पदभार ग्रहण गरेका छन् । मंगलबार जिल्ला समन्वय समितिकाे कार्यालयमा आयाेजित एक कार्यक्रममा बीच कार्यालय उद्घाटन संगै नवनियुक्त अध्यक्ष शाहीले पदभार ग्रहण गरेका हुन् ।
सरकारले भूमिहिन दलित अव्यवस्थित बसाेबासी र सुकुम्बासीहरुकाे समस्या समधान गर्न देशका ७७ वटै जिल्लामा भुमि आयाेग गठन गरि एकजना अध्यक्ष तथा तीन जना विज्ञ सदस्य नियुक्त गरेकाे छ । भूमि आयाेग जुम्लाकाे विज्ञ सदस्य अझै नियुक्त हुन सकेका छैनन् । यदपी मंगलबार जिल्ला स्थित राजनीतिक दल,आयाेग संग सम्बन्धित कार्यालय प्रमुखकाे उपस्थितिमा नवनियुक्त अध्यक्ष शाहीलाई स्वागत समेत गरिएकाे छ ।
भूमि आयाेगकाे काम कारबाहीलाई प्रभावकारी बनाउन
मन्त्रालयले नियुक्ति गरेको व्यक्ति अध्यक्ष रहने गरि सात सदस्य समिति रहने व्यवस्था छ । जसकाे सदस्यमा जिल्ला समन्वय अधिकारी, जिल्ला सदरमुकाम स्थित भूमिसुधार तथा मालपोत कार्यालय,सम्बन्धित डिभिजन वन कार्यालय,
सम्बन्धित जिल्ला प्रशासन कार्यालयकाे प्रतिनिधि,मन्त्रालयले नियुक्ति गरेको एक जना विज्ञ सहित तीन जना सदस्य र जिल्ला सदरमुकाम स्थित नापी कार्यालय सदस्य सचिव रहने व्यवस्था छ ।
![](https://karnalimission.com/wp-content/uploads/2025/01/IMG_20250128_113916-1024x576.jpg)
भुमि आयाेगकाे अध्यदेशकाे उपदफा (१) को खण्ड (च) बमोजिमका सदस्य नियुक्ति गर्दा कम्तीमा एकजना महिला हुनु पर्नेछ। पदभार ग्रहणपछि नवनियुक्त अध्यक्ष सुरत बहादुर शाहीले सबै सराेकारवाला संग समन्वय सहकार्य गरि जुम्लामा भूमिहिन,सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे समस्या समधान गर्न पहल चाल्ने बताए ।
‘विज्ञ सदस्य टुंगिन बाँकि छन् । अब जिल्लाकाे हितमा साँझा भएर अघि बढ्ने छु ।’ उनले भने,’ अघिल्लाे समिति हुँदा करिब ४/५ सय निवदेन परेकाे भन्ने सुनिएकाे छ । केही छुटेछन् ।अब हाम्राे कार्यकालमा सराेकारवाला सबै संग समन्वय गरी निवदेन उपर छलफल अघि बढाउने छाै । भने अहिलेकाे आयाेगलेनै भुमि सम्बन्धि समस्या समधान गर्नुपर्ने सरकारकाे लक्ष्य छ ।क्षामताले भ्याए,सम्म भुमि सम्बन्धि समस्या समधान गर्न लागि पर्ने छु । सुझावकाे अपेक्षा छ ।’
![](https://karnalimission.com/wp-content/uploads/2025/01/IMG_20250128_112440-1024x576.jpg)
जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख नरविर सुनारले अघिल्लाे समितिले भूमि सम्बन्धि समस्या समधान गर्न त्यति चासाे नदिएकाेले नवनियुक्त अध्यक्ष सहितकाे टिमले भूमिहिन हरुकाे पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।
सफल कार्यकालकाे शुभकामना दिदैँ अघिल्लाे कार्यकालमा थुप्रै निवदेन परेकाेले कार्यान्वयन हुन नसकेकाे र केहि छुटेकाले सबैलाई समेट्न तथा वास्तविक भूमिहिनलाइ न्याय दिन समेत अनुराेध गरे ।
![](https://karnalimission.com/wp-content/uploads/2025/01/IMG_20250128_112323-1024x576.jpg)
दलहरुकाे तर्फबाट नेकपा एमाले जुम्लाकाअध्यक्ष शान्तिलाल महतले नेपाल सरकारले तीन वर्षभित्र सुकुम्बासी,अव्यवस्थित बसाेबासी तथा भूमिहिनकाे समस्या समधान गर्ने गरि भूमि आयाेग गठन गरेकाे बताए ।
भुमिहिनकाे लगत संकलन गरि परिणाममुखी काम सुझाव दिए । नापी कार्यालयका प्रमुख तथा भूमि आयाेग जुम्लाका सदस्य सचिव नविनराज भट्ट ताेकिएकाे जिम्मेवारीनुसार भुमि समस्या सम्बन्धि समस्या समधान गर्न काम अघि बढाउने बताए ।
विज्ञ सदस्य टुंगिने बित्तिकै जिल्लाका सराेकारवालाकाे सुझाव लिएर जुम्लामा भुमि आयाेगले काम अघि बढाउने तयारी गरेकाे छ ।
![](https://karnalimission.com/wp-content/uploads/2025/01/IMG_20250128_112254-1024x576.jpg)