जुम्ला – नेपाल निजामती कर्मचारी संगठनको जिल्ला कार्यसमिति जुम्लाको १२ औँ जिल्ला अधिवेशन सुरु भएको छ । जिल्ला अविधेशनले नयाँ नेतृत्वसहित कार्यसमिति चयन हुने छ । सम्पूर्ण निजामती कर्मचारी एक हौऔँ, संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको टे«ड यूनियन हाम्रो अधियान भन्ने मुल नारासहित १२ औँ जिल्ला अधिवेशन सुरु भएको हो ।
नेपाल निजामती कर्मचारी संगठनको जिल्ला कार्यसमिति जुम्लाको १२ औँ अधिवेशनमा शुभकामना दिदै नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले सक्रिय र सक्षम नेतृत्वसहितको जिल्ला कार्यसमिति चयन हुने अपेक्षा गरिएको छ । उनले भने, सधै आफ्नो पेशाप्रतिको इमानदारीता सहित सुशासनमा सचेत रहन कर्मचारीलाई आग्रह गरेका छन् । नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले जनताको सेवामा अब्बलता देखाउनु पर्ने उनको भनाइ छ । नागरिकसँग प्रत्यक्ष जोडिने निजामति कर्मचारीहरुले गुनासो रहित सेवा प्रवाहमा जोड दिन महतले सुझाए ।
नेपाल निजामति कर्मचारी संगठन जुम्लाका अध्यक्ष गणेश आचार्यले अन्य संगठनका कर्मचारी भन्दा नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध राष्ट्र सेवकले उत्कृष्ट सेवा प्रदान गरेको दावी गरेका छन् । नागरिकको सेवा र कर्मचारीको हकहितका लागि नेपाल निजामति कर्मचारी संगठनको योगदान महत्वपूर्ण रहेको उनको भनाई छ । उनले भने, आफुले नेतृत्व गरेको जुम्लाको संगठनले उत्कृष्ट पुरस्कार पाउन सफल भएको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल निजामति कर्मचारी संगठनलाई गोलबद्ध बनाई संगठन मजबुद्ध गर्ने कार्य भएको आचार्यले बताउनु भयो । नेपाल निजामति कर्मचारी संगठनको आय १० लाख ३१ हजार मध्ये १० लाख १० हजार रुपैयाँ खर्च भएको र बाँकी २१ हजार रुपैयाँ प्रभु बैँकमा रहेको उनले बताए ।



