नेपाल निजामती कर्मचारी संगठन जुम्लाको अध्यक्षमा पदम उपाध्याय निर्विरोध चयन

जुम्ला । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति जुम्लाको अध्यक्षमा पदम प्रसाद उपाध्याय सर्वसम्मत चयन भएका छन् । कर्मचारी संगठनको १२ औँ अधिवेशनपछि भएको बन्दशत्रबाट अध्यक्षमा पदम उपाध्याय सहित १९ सदस्यीय कार्यसमितिनै निर्विरोध रुपमा चयन भएका हुन् ।

तातोपानी गाउँपालिका वडा नं. ४ निवासी उपाध्याय लामो समयदेखी संगठनको हितमा काम गर्दै आएका थिए । १२ औँ जिल्ला अधिबेशनले उपाध्यायलाई सर्वसम्मत संगठनको नेतृत्व सुम्पीएको छ ।

त्यस्तै संगठनको उपाध्याक्षमा जयशंकर चौलागाई,सचिव नन्दमाया रोकाया,सह–सचिवमा दत्त बुढ्थापा सहित १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

निर्वाचित कार्यसमितिले सपथ ग्रहण समेत गरिसकेका छन् । यदपी, कोषाध्यक्ष चयन हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ । नवनिर्वाचित अध्यक्ष पदम प्रसाद उपाध्याले संगठन विस्तार तथा सुदृढीकरणको जिम्मेवारी लाई कर्तव्यनिष्ट रुपमा पुरा गर्ने बताए ।

क्षामताले भ्याएसम्म सबैको समन्वय र सहकार्यमा संगठनको हितमा काम गर्ने उनको भनाई छ । आफूलाई विश्वास मानेर संगठनको जिम्मेवारी दिनेसबै प्रति अध्यक्ष उपाध्यायले धन्यबाद दिएका छन् । नवनिर्वाचित अध्यक्ष यसअघि संगठनको उपाध्यक्ष समेत थिए ।

प्रकाशित मिति : २०८१ माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस