रास्वपाका सांसदले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

जुम्ला । रास्वपाका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले बाेल्न समय नदिएपछि रास्वपाका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।
बैठककाे सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गरेका छन् । भने बाेल्न समय माग गरेपनि कार्यसूचिअनुसार सभामुख अघि बढ्न खाेज्दा रास्वपाले अवराेध गरिरहेकाे थियाे ।

कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले उनीहरूलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरू पढेर सुनाएका छन् ।

सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरूले होहल्ला गरेका हुन् । त्यसपछि उनीहरू बैठक छाडेर निस्केका छन् । अहिले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संबाेधन गरिरहेका छन् ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस