जलवायूमैत्री स्याउ खेती गर्न अगुवा किसानलाई तालिम

जुम्ला । परम्परागत रुपमा खेती गर्दै आएका जुम्लाका किसान सिप र प्रविधि पाएसंगै जलवायूमैत्री स्याउ खेतीमा जुटेका छन् । पछिल्ला वर्षमा समयमै हिमपात र वर्षा नहुने,सिँचाई सुविधा नपुग्ने,विरुवा काटछाँट बारे ज्ञान नपाउने जस्तो समस्याले चिन्तीत बनेका किसान तालिम पाएपछि जलवायूमैत्री स्याउ खेतीमा जुटेका हुन् ।

स्याउ बगैचा व्यवस्थापन,विरुवा काँटछाट,रोग किरा नियन्त्रण,मल जल व्यवस्थापन लगायतका विषयमा किसानले प्राविधिक तथा सैदान्तीक ज्ञान पाएपछि जलवायू मैत्री स्याउ खेती,तरकारी खेतीका लागि कुनै चिन्ता नरहेको किसान कर्ण हमाल बताउँछन् ।

किर्डाक नेपालको सहकार्य र संयुक्त राष्ट् संघिय खाद्य तथा कृषि संठगन (एएफओ) सहयोगमा १२ दिने जलवायूमैत्री स्याउखेतीबारे प्रशिक्षक प्रशिक्षण तालिम पाएपछि स्याउ खेतीका विषयमा धेरै ज्ञान प्राप्त भएको र खेती गर्न सहज हुने उल्लेख गरे ।

‘जलवायू परिवर्तनका कारण जुम्लामा यसवर्ष हालसम्म हिमपात हुन सकेको छैन् । जसले गर्दा स्याउ खेती विस्तार (नयाँ विरुवा रोप्ने) काम अन्यौल भएको छ । रोग किरा नियन्त्रणबारे थाहा नपाउँदा सास्ती उस्तै थियो । तर अहिले सहज भएको छ । स्याउ बगैचामा दलन बालीमात्र रोप्ने,खाडल,दुरी,सिँचाई,चिस्यान कायम,जैविक मलको मात्र प्रयोग,काँटछाँटमा विशेष ध्यान दिनुपर्ने ज्ञान पाएसंगै गाउँमा कार्यान्वयन गर्न थालेका छौ ।’

कर्ण हमाल संगै तिलाका र पातारासीका गरी १२ जना कृषि पाठशाला सहजकर्ता अगुवा जलवायूमैत्री स्याउखेतीबारे तालिम दिइएको हो । किर्डाक नेपालको सहकार्यमा एएफओको सहयोगमा तिला गाउँपालिकाका ९ वटै वडामा ‘जलवायु प्रेरित आप्रवासनको जोखिममा रहेका समुदायहरूमा उत्थानशीलता र सक्तिकरण वृद्धि’ परियोजना संचालन भएको छ ।

पातारासीकी अगुवा किसान सन्जीवा विष्टले पनि जलवायू परिवर्तनका कारण स्याउ खेतीमा असर परेको बताईन् । कालो तुसारो लाग्ने,फूल झर्ने,लाईकिराको प्रकोप फैलिने जस्ता समस्याले सास्ती भएको बेला जलवायू अनूकुलनका विषयमा तालिम पाएपछि खेतीमा सहज हुने बताए । आफूले सिकेको सिपलाई गाउँका अन्य किसानलाई सिकाउने र जलवायू मैत्री स्याउ खेती गरी उत्पादन बढाउने उनको भनाइ छ ।

एक वर्षे पाईलट परियोजनाका रुपमा संचालित भएको आयोजनाले विशेष जलवायूमैत्री स्याउखेती,तरकारी खेती तथा सिँचाई व्यवस्थापनका लागि काम गर्ने क्षामता विकास तथा कृषक पाठशाला विशषज्ञ मधुसुदन पौडेलले बताए । उनका अनुसार परियोजनाबाट तिलाका तीन सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । .

उनका अनुसार १२ दिनसम्म कृर्षक पाठशाला संचालन कसरी गर्ने,जलवायु परिवर्तन के हो ? यसबाट बच्ने उपाय,स्याउ बगैचा व्यवस्थापनबारे सिकाइएको छ ।

उनले भने,‘एक वर्षका लागि पाईलट परियोजनाका रुपमा आएको हो । एक वर्ष सफल भएमा पछि जिल्ला व्यापी रुपमा आउने छ । जलवायु परिवर्तनको असर तिलामा बढि परेको देखेपछि दातृ संस्थालेनै सिधै तिलाका १–९ वडा सम्म कार्यक्रम संचालन गरेको हो ।’

यता कृषि विकास कार्यालयका प्रमुख तथा अर्थ विज्ञ रामझ अधिकारीले स्याउको विस्तार तथा रोग किरा नियन्त्रणबारे थुप्रै तालिम संचालन भएपनि कार्यान्वयन नहुने गरेको बताए । सचेतना बृद्धि,आम्दानी बृद्धि,जीविकोपार्जन,जलवायु परिर्वतन तथा समुदायलाई अनूकलनमा अग्रसर बनाउन परियोजना तथा कृषि विकास कार्यालय संगसंगै किसानमाझ जानु पर्ने उल्लेख गरे ।

तालिमा सिकेका कुरा व्यवहारमा लागु भए नभएको,किसानको दैनिकीमा सहज भए नभएको विषयमा जिल्लामा नियमित अनुगमन तथा निरिक्षण परियोजना संयोजक पुंकेश्वर भामले गर्ने छन् ।

प्रशिक्षक तालिम लिएका १२ जना अगुवा किसानले गाउँमा जलवायू अनूकुलनका विषयमा व्यापक सिप हस्तान्तरण गर्ने र स्याउखेतीलाई विस्तार गर्ने लक्ष्य राखिएको परियोजना संयोजक भामको भनाई छ ।

प्रकाशित मिति : २०८१ माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस