मुगुकै पहिलो रारा बहुमुखी क्याम्पसमा सरस्वती मन्दिर उद्घाटन तथा सार्वजनिक सुनुवाइ सम्पन्न

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-५ नाउरमा रहेको मध्यपश्चिम विश्वविद्यालय को आंगिक क्याम्पस, रारा बहुमुखी क्याम्पस परिसरमा नवनिर्मित सरस्वती मन्दिरको विशेष समारोहका बीच आज उद्घाटन गरिएको छ। मन्दिर उद्घाटनसँगै उक्त योजनाको पारदर्शिताका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम समेत सोही अवसरमा सम्पन्न भएको छ।

विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण कार्य सम्पन्न भएसँगै आयोजित उद्घाटन समारोहमा रारा बहुमुखी क्याम्पसकी स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति जयलक्ष्मी रावल जिल्ला समन्वयन उपप्रमुख नैली कार्की र मेची महाकाली अभियानकी संयोजक सूर्यदेवी मल्ल रारा बहुमुखी क्याम्पसका प्रमुख लगायत स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोग सहयोगमा बनेको र केही रकम स्ववियु सभापतिको व्यक्तिगत लगानी भएको जानकारी गराउनु भएको छ।

आयोजना सूचना पाटी अनुसार, उक्त सरस्वती मन्दिर निर्माणका लागि छायाँनाथ रारा नगरपालिका ले सरस्वती मन्दिर निर्माण उपभोक्ता समितिबीच गत २०८३ वैशाख २ गते सम्झौता भएको थियो। वैशाख ५ गतेबाट सुरु भएको निर्माण कार्य द्रुत गतिमा अघि बढ्दै असार २० गते सम्पन्न भएको थियो।कुल ७ लाख ११हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यस मन्दिरका लागि छायाँनाथ रारा नगरपालिकाबाट ३ लाख ६४हजार ८ सय ६० रुपैयाँ भुक्तानी भएको छ।

बाँकी अपुग रकममा रारा बहुमुखी क्याम्पसकी स्ववियु सभापति जयलक्ष्मी रावल ले आफ्नो व्यक्तिगत तर्फबाट ३ लाख ४६_हजार १ सय ४० रुपैयाँ स्वलगानी (आर्थिक सहयोग) गर्नुभएको छ। त्यस्तै गरेर छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा र स्ववियु सभापतिको व्यक्तिगत लगानीबाट मन्दिरले पूर्णता पाएको हो।

पारदर्शिता र सामाजिक उत्तरदायित्वको सन्देश असार २४ गते आयोजित उद्घाटन तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सहभागीहरू ले आयोजनाको पारदर्शी वित्तीय पाटो र समयमै काम सम्पन्न भएकोमा खुसी व्यक्त गरे।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई धार्मिक तथा सांस्कृतिक रूपमा सकारात्मक उर्जा मिलोस् र शिक्षालयमा सुखद वातावरण बनोस् भन्ने उद्देश्यले मन्दिर निर्माण गरिएको आयोजक ले जनाएको छ।नगरपालिका र विद्यार्थी नेतृत्वको सुखद सहकार्य तथा स्ववियु सभापति रावल को उदाहरणीय सामाजिक योगदानको स्थानीय स्तरमा उच्च प्रशंसा भइरहेको छ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस