एमालेकाे तीन महिने अभियान सफल बनाउन ईन्चार्ज बाेगटीकाे सक्रियता,सल्यानदेखि डाेल्पासम्म

जुम्ला । नेकपा (एमाले)ले ३ महिने वडा केन्द्रित अभियान संचालन गरेकाे छ । पार्टिकाे विस्तार,संगठन शुद्दीकरण तथा सुदृढीकरण तथा सरकारले सुशासन,न्याय,विकास निर्माणमा गरेका कामबारे जनतालाई बुझाउने तीन महिने वडाकेन्द्रित अभियान संचालन गरेकाे हाे ।

वडा वडामा पुगेर जनताका गुनासा सुन्ने र संबाेधन गर्ने अभियानकाे लक्ष्य छ । साेहि अभियानलाई सफल बनाउन नेकपा (एमाले)का कर्णाली प्रदेश ईन्चार्ज गाेरख बहादुर बाेगटी जिल्ला जिल्लामा पुगिरहेका छन् । अभियानलाई सफल बनाउन ईन्चार्ज बाेगटीले आफ्नाे सक्रियता बढाएका छन् ।

माघकाे चिसाेकाे प्रवाह नगरी पार्टीकाे अभियान सफल बनाउन जिल्ला दाैडाहाका क्रममा दुर्गम हिमाली जिल्पा डाेल्पा पुगेका छन् । यसअघि अभियान लिएर रुकुम पश्चिम,सल्यान र जाजरकाेट पुगेर कार्यक्रम सम्पन्न गरेका छन् ।

यसैबीच डाेल्पाकाे त्रिपुरासुन्दरी नगर कमिटीकाे २२ औँ बैठक तथा अभियानकाे प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
बैठकमा प्रमुख अतिथि गाेरख बहादुर बाेगटीले नेकपा एमाले पार्टीलाई देशकाे ठुलाे शक्ति बनाउन पार्टीले गरेका राम्रा कामबारे जनताइ जानकारी गराउनु आबश्यक रहेकाे बताए ।

उनले भने,’सुशासन,न्याय र विकासका लागि देशमा एमालेकाे विकल्प छैन्। एमालेलाई ठुलाे दल बनाउन वडादेखि पार्टि बलियाे हुनु पर्छ । यसमा सबै नेता कार्यकर्ता जुट्न पर्छ । ०८४ मा पार्टीलाई पहिलाे शक्ति बनाउन अहिलेबाटै अभ्यास गराै । जनताका गुनासा सुनाै । संबाेधन गराै ।’

अभियान सफल बनाउन ईन्चार्ज बाेगटीकाे सक्रियताले पार्टीका नेता कार्यकर्ताहरुमा समेत जाँगण पैदा भएकाे छ । जिल्ला जिल्ला पुगेका ईन्चार्जले अभियान सफल बनाउनु सबैकाे दायित्व भएकाेले जिम्मेवार भएर लाग्न समेत सुझाव दिदै आएका छन् ।


बैठकले माघ २८ गते चौथो नगर अधिबेशन गर्ने, वडाकेन्द्रीत ३ महिने पार्टी अभियानलाई वडा र टोलमा प्रभावकरी रुपमा सन्चालन गर्ने निर्णय गरेकाे छ।

डाेल्पाकाे बैठक  का.वा.अध्यक्ष कृष्णबहादुर धरालाको अध्यक्षता,प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको प्रमुख आतिथ्यता,केन्द्रीय सदस्य एवम् डोल्पा इन्चार्ज बदमीक्वारा बुढाको बिशेष आतिथ्यता,प्रदेश कमिटी सदस्यहरु- विशालचन्द्र डसाल,पुर्णबहादुर डागी र चन्दकुमारी बुढा, जिल्ला कमिटी अध्यक्ष लङ्कबहादुर रोकाया,जिल्ला कमिटीका सदस्यहरु,नगर प्रमुख जनचन्द्र बुढा,उपप्रमुख देवी घर्ती,जनसंगठनका प्रमुखहरु र नगर कमिटी सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०८१ माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस