चन्दननाथ-३ सिम्खाडा गाउँमा आगलागी,दुई घर जलेर नष्ट,आगाे नियन्त्रणमा सुरक्षाकर्मी परिचालन

जुम्ला । चन्दननाथ नगरपालिका वडा नं ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । साेमबार दिउँसाे साढे २ बजेतिर एक्कासी भएकाे आगलागिले सिम्खाडाका दुई घर जलेका छन् ।

चन्दननाथ-३ का स्थानीय खीप प्रसाद उपाध्याय र धर्मप्रसाद उपाध्यायका घर जलेकाे डिएसपी छेदिलाल कामतीले बताए । उनका अनुसार विद्युतकाे तार सर्ट भएर आगाे लागेकाे आशंका गरिएकाे छ ।

आगाे नियन्त्रणका लागि नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र नगर प्रहरी परिचालन गरिएकाे छ । भाैतिक क्षति के कति भन्ने बारे विवरण आउन बाँकी रहेकाे डिएसपी कामतीले जानकारी दिए ।

सिम्खाडा गाउँमा पानीकाे अभाव र सुख्खा भएकाले आगाे नियन्त्रणमा समस्या भएकाे छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयकाे सक्रियतामा आगाे नियन्त्रण गर्ने प्रयास भइरहेकाे छ ।

प्रकाशित मिति : २०८१ माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस