नेत्रकला शाही नेपाल महिला संघ जुम्लाको अध्यक्षमा मनोनीत 

जुम्ला । नेपाल महिला संघ केन्द्रीय कार्यालयले  केन्द्र  स्तरमा नयाँ नेतृत्व चयन गर्दै नेत्रकला शाहीलाई जिल्ला अध्यक्ष पदमा मनोनयन गरेको छ। संघको केन्द्रीय कार्यसमितिबाट जारी गरिएको पत्र अनुसार, लोकतन्त्रवादी महिलाहरूको एक मात्र साझा संस्था नेपाल महिला संघलाई सुदृढ एवं गतिशील बनाउने उद्देश्यले शाहीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

संघकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले हस्ताक्षर गरेको पत्रमा गौतमलाई नेतृत्वदायी भूमिकामा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। साथै, संगठनलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

यस मनोनयनसँगै शाहीको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गर्ने, संगठन विस्तार गर्ने तथा महिलाको हकहितका पक्षमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेपाल महिला संघ नेपाली कांग्रेसको भातृसंस्था भएकोले यसको गतिविधि नेपाली कांग्रेसको नीति र कार्यक्रमसँग जोडिएको छ।

नयाँ नेतृत्व चयनसँगै जिल्लामा महिला सशक्तीकरणका कार्यक्रम, महिला अधिकारका विषयमा पैरवी तथा संगठन विस्तारलाई प्राथमिकता दिने रणनीति रहेको बताइएको छ। संघले विभिन्न महिला समूहसँग समन्वय गरी महिला अधिकारको लागि संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरेको छ।

यस मनोनयनले स्थानीयस्तरमा महिला नेतृत्वलाई थप उर्जा दिने विश्वास गरिएको छ। नेपाल महिला संघले भविष्यमा पनि योग्य तथा सक्षम महिलाहरूलाई नेतृत्व प्रदान गर्ने परम्परालाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस