जुम्ला । जुम्लामा जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएकाे छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि पैरबी गर्न सञ्जाल गठन गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी छेदिलाल कामतीकाे संयाेजकत्वमा संजाल गठन गरिएकाे छ । जिल्ला प्रहरी कार्यालयकाे संयाेजकत्वमा १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण संजाल गठन गरिएकाे डिएसपी छेदिलाल कामतीले बताए । उनका अनुसार संजालले जिल्लाभरी लैङ्गिक हिँसा न्युनिकरण,पैरबी तथा न्यायका लागि पहल गर्ने छ ।
संजालकाे सदस्यमा प्रमुख-महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, जिप्रका, सदस्य सचिव (पदेन) जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि (अधिकृत स्तर), लैङ्गिक हिंसाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधि,नेपाल पत्रकार महासंघ,शिक्षा विकास तथा समन्वय ईकाइका प्रतिनिधि,मानव अधिकारको क्षेत्रमा कार्यरत प्रतिनिधि(ईन्सेक), जिल्ला बारका प्रतिनिधिसदस्य रहेका छन् ।
त्यस्तै उद्योग वाणिज्य सङ्घका प्रतिनिधि,सुरक्षित आवास गृह सञ्चालन गरिरहेका गैससका प्रतिनिधि,अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिरहेका सहकारी संस्थाकाे प्रतिनिधि,नागरिक समाजका प्रतिनिधि,स्थानीय महिला अधिकार, जेष्ठ नागरिक, अल्पसङ्ख्यक र बाल अधिकारसम्बन्धी गैर सरकारी सङ्घ, संस्थाका प्रतिनिधि सदस्यमा रहने प्रावधान भएबमाेजिम प्रतिनिधि छनाेट गरिएकाे छ ।
साथै स्थानीय विद्यालय वा महाविद्यालयले तोकेको शिक्षक प्रतिनिधि,नगरपालिका वा गाउँपालिका स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका प्रतिनिधि,न्याय क्षेत्रमा कार्यरत महिला प्रतिनिधि,जिल्ला बाल क्लबको प्रतिनिधि,सामुदायिक प्रहरी शाखा प्रतिनिधि (भएको स्थानमा),जिल्ला स्तरीय समुदाय प्रहरी साझेदारी समितिका प्रतिनिधि (प्रहरी बाहेक) प्रतिनिधि सदस्यमा रहेका छन् ।
सञ्जालकाे सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी रहने छन् । भने संजालले मासिक बैठक बस्ने जिल्लामा लैङ्गिक हिंसाकाे अबस्थाबारे छलफल तथा हिंसा न्युनिकरणकाका लागि पहल गर्ने बताईएकाे छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले जिल्लामा पछिल्लाे समय लैङ्गिक हिंसाका घटना बढ्दै गएकाे अबस्थामा नयाँ गठन भएकाे संजालले हिंसा न्युनिकरणका लागि काम गर्ने बताए । उनका अनुसार संचार क्षेत्रले हिंसा न्युनिकरण गर्ने सधै सकरात्मक सहयाेग गर्ने उल्लेख गरे ।