जिल्ला विपद व्यवस्थापन समितिकाे बैठक: विपद पूर्वतयारीलाई मजबुद बनाउन ५ निर्णय

जुम्ला । जिल्ला विपद व्यवस्थापन समितिकाे बैठक सम्पन्न भएकाे छ । जिल्ला प्रशासनमा बुधबार बसेकाे बैठकले विगतमा बैठककाे समीक्षा तथा आगामी दिनमा  विपद  व्यवस्थापन तथा  पूर्वतयारीलाई मजबुद बनाउने निर्णय गर्दै सम्पन्न भएकाे हाे ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयाेजक तथा प्रमुख जिल्ला जिल्ला अधिकारी राम बहादुर शाहीकाे अध्यक्षामतामा बसेकाे बैठकले विपद पूर्वतयारीलाई मजबुद बनाउन विभिन्न पाँच वटा निर्णय गरेकाे छ ।

बैठकमा आगालागी नियन्त्रण,बजारमा जथाभावी रुपमा विक्री वितरण भईरहेकाे पेट्राेल,डिजेललाईकाे विक्रिलाई व्यवस्थित बनाउने,जनचेतना मुलक कार्यक्रममा जाेड दिने,पालिकास्तरकाे विपद व्यवस्थापन संयन्त्रलाई मजबुद बनाउने लगायतका विषयमा छलफल भएकाे थियाे ।

बजार क्षेत्रमा अव्यवस्थित ईन्धनकाे विक्रीले जाेखिम बढाएकाे छ । गाउँघरमा बढ्दाे ग्याँस र विद्युतकाे प्रयाेगले समेत जाेखिम बढेकाे जाेखिम न्युनिकरणका लागि जनचेतना अभिबृद्दिमा जाेड दिनु पर्ने प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताए ।

चन्दननाथका मेयर राजुसिंह कठायतले नगर क्षेत्रभित्रकाे विपद व्यवस्थापनलाई मजबुद बनाउन लागि परेकाे बताए । दमकलकाे मर्मतका लागि प्रक्रिया अघि बढेकाे उल्लेख गरे ।

बैठकमा हिमा र पातारासी गाउँपालिका बाहेक ६ स्थानीयतह,विपद व्यवस्थापनमा काम गर्ने सरकारी कार्यालय तथा गैसस,राजनीतिक दलका प्रतिनिधिकाे सहभागिता थियाे ।
विपद व्यवस्थापन समितिकाे बैठकले गरेका निर्णयहरु
१. जिल्ला विपद् व्यवस्थापन समितिको अघिल्ला बैठकका निर्णयहरुको सन्तोषजनक रुपका कार्यान्वयन भईरहेको समिक्षा गरियो साथै आगामी दिनहरुमा थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित सबै निकायहरुलाई अनुरोध गरियो,

२. गृह मन्त्रालय (विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा) को च.नं. ७४ मिति २०८१/१०/२१ गतेको पत्रानुसार यस जिल्लामा संचालनमा रहेको अस्थायी आपतकालीन गोदम घर (HSA) को लागि आवश्यक संरचना निर्माण तथा मानवीय सहायताका आपतकालीन सामाग्रीहरु थप गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने,

३. जिल्लाका स्थानीय बजारमा खुला रुपमा पेट्रोलियम पदार्थ बेचविखन गर्दा आगलागी लगायतका विपद्‌का जोखिम बढाएकोले तत्काललाई घनावस्ती भएका क्षेत्रहरुमा विक्री वितरण गर्न नदिने, खुला र अन्य संरचनालाई असर नगर्ने गरी सुरक्षित स्थानवाट विक्री वितरण गर्ने व्यवस्था मिलाउने साथै अन्य सामान बेच्ने पसलहरुमा पेट्रोलियम पदार्थ बेचविखन गर्न स्थानीय तह मार्फत प्रतिवन्ध लगाउने र यसको कार्यान्वयनमा सबै सुरक्षा निकायले आवश्यक सहयोग गर्ने,

४. हालैका दिनहरुमा जिल्लामा आगलागी तथा वन डढेलोका घटनाहरु भएको र आगामी दिनमा पनि हुन सक्ने भएकाले यस्ता गतिविधि नियन्त्रणको लागि आगलागीको वास्तविक कारण र संलग्न व्यक्तिको खोजी गरी कानून बमोजिम कारवाही गर्ने,

५. जिल्लास्थित स्थानीय तह, सुरक्षा निकाय लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सक्रियतामा आगलागी तथा वन डढेलो नियन्त्रण सम्बन्धी विगतमा संचालन भएका सचेतनामूलक कार्यक्रमहरुको समिक्षा गरियो साथै आगामी दिनहरुमा यप व्यापक रुपमा सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने निर्णय गरियो।

प्रकाशित मिति : २०८१ माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस