जुम्लामा संचारकर्मीलाई मर्यादित महिनावारी सम्बन्धि दुई दिने तालिम संचालन

जुम्ला । जुम्लामा संचारकर्मीहरुका लागि ‘मर्यादित महिनावारी’ सम्बन्धि तालिम संचालन भएकाे छ । रेडियाे,अनलाईन र पत्र पत्रिकामा कार्यरत पत्रकारहरुलाई मर्यादित महिनावारी बारे जानकारी गराउन र महिनावारीका सवाल उठानका लागि क्षामता विकास गर्न तालिम संचालन गरिएकाे हाे ।

पत्रकार महासंघ शाखा जुम्लाकाे समन्वय तथा आयाेजना पेश नेपाल,राधा फाउन्डेसन र एम्पीलीफाई चेन्जकाे सहयाेगमा दुई दिने तालिम संचालन भएकाे छ ।

तालिमकाे उद्घाटन शत्रमा पेश नेपालका कार्यकारी निर्देशक किशाेर न्याैपानेले संचारकर्मीलाई मर्यादित महिनावरीका विषयमा थप जानकार बनाउन र महिनावारीका सवालमा सशक्त भएर कलम चलाउनका लागि तालिम संचालन गरिएकाे बताए । तालिमपछि मर्यादित महिनावारीका सवालहरुलाई पत्रकारहरुले प्रथामिकता साथ उठान गर्ने अपेक्षा व्यक्त गरे ।

मर्यादित महिनावारी अभियान्ता डाक्टर राधा पाैडेलले मर्यादित महिनावारीकाे सवालाइ राज्य हरेक तहमा पेचिलाे बनाउनका लागि संचारकर्मीहरुकाे हुनु पर्ने बताईन्।
जुम्लाबाट अपेक्षित रुपमा मर्यादित महिनावारीका सवाल उठ्न नसकेकाे भन्दै अब पत्रकारहरु जाग्नु पर्ने उल्लेख गरिन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले निर्वाचित भएकाे दुई महिनामा जिल्लाका पत्रकारहरुकाे लागि क्षामता विकास तालिम संचालन गरेकाेमा धन्यबाद दिए । उनले भने,’हामी चुनाव जितेर आएकाे दुई महिना बित्याे । हाम्राे अनुराेध स्वीकार गरेर पत्रकारकाे क्षामता विकास तालिम संचालन भएकाेमा खुसी छाै । दुई दिनकाे अबधि सम्म सक्रिय सहभागी भएर तालिम सिकेर व्यवहारमा लागू गर्न जरुरी छ ।’

पत्रकार महासंघ जुम्लाकाे आयाेजना तथा पेश नेपाल,राधा पाैडेल फाउेन्डेसन र एम्पीफाई चेन्जकाे सहयाेगमा दुई दिने तालिम संचालन गरिएकाे हाे । तालिममा जिल्लाका १६ जना पत्रकारहरुकाे सहभागिता छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस