सर्लाही घटनाबारे जवाफ दिन गृहमन्त्रीसँग काँग्रेस सांसद शान्ति विककाे माग

जुम्ला । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथि भएको भनिएको बर्बरताबारे गृहमन्त्री रमेश लेखकले सत्य तत्य जानकारी दिन माग गरेकी छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहार सत्य हो भने ६० लाख दलित समुदायको अपमान भएको बताइन् ।

उनले गृहमन्त्री रमेश लेखको निर्देशनमा उनीहरूमाथि अपमानजनक व्यवहार भएको भनेर समाचारहरू आए पनि ती सबै सत्य हुन नसक्ने बताइन् ।  

त्यस्तै अर्का सांसद हर्कमाया विकले पनि उक्त घटनाले जातीय विभेदलाई सरकारले संरक्षण गरेको भन्दै दलितहरूको अपमान गरिएको बताइन् । उनले नव विवाहित जोडी माथिको व्यवहार प्रहरी र अदालतको समेत कमजोरी देखिएको बताइन् ।

प्रकाशित मिति : २०८१ माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस