मानव अधिकार एलाइन्स कर्णालीकाे दाेस्राे वार्षिक सभा: सामाजिक शसक्तिकरण र न्यायमा जाेड

जुम्ला । मानव अधिकार एलाईन्स कर्णाली प्रदेशकाे दाेस्राे वार्षिक सभा सम्पन्न भएकाे छ। कर्णाली प्रदेशकाे राजधानी विरेन्द्रनगर सुर्खेतमा शनिवार एलाईन्सकाे दाेस्राे सभा सम्पन्न भएकाे हाे।

मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाईन्सले कर्णालीमा मानव अधिकार संरक्षण तथा सामाजिक सशक्तिकरणमा विशेष जाेड दिदैआएकाे छ ।

सभामा मन्तव्य राख्दै नेकपा(एमाले) कर्णाली प्रदेशका ईन्चार्ज गाेरख बाेगटीले सामाजिक न्याय तथा मानव अधिकार संरक्षणका लागि मानव अधिकार एलाईन्सले गरेकाे काम प्रशंसा याेग्य रहेकाे बताए ।

न्यायकाे पहुँचबाट बन्चित भएकालाई न्यायकाे पहुँचमा पुराउन,न्याय सम्पादनमा सहजीकरण गर्न तथा पछि परेकाे समुदायकाे शसक्तिकरणका लागि एलाईन्सले सक्रिय भएरकाम गर्नु पर्ने उल्लेख गरे ।

मानव अधिकारएलाईन्सका अध्यक्ष नवीन कुमार शाहीले शनिवार सुर्खेतमा आयाेजित मानव अधिकार एलाईन्स कर्णाली प्रदेशकाे दाेस्राे वार्षिक सभा ५ बुँदे सुर्खेत घाेषणापत्र जारी गर्दै सम्पन्न भएकाे अध्यक्ष नवीन कुमार शाहीले बताए । उनले कार्यक्रम सम्पन्न गर्न सहयाेग गर्ने सबै निकायलाइ धन्यबाद दिए ।

कार्यक्रमान एलाइन्सका केन्द्रिय सचिब एबम प्रदेश इन्चार्ज टीकाराम आचार्य, नेकपा एमाले केन्द्रिय सदस्य एबम बिरेन्द्र नगर नगरपालिकका मेयर मोहन माया ढकाल, नेकपा एमाले प्रदेश कमिटी सचिब एबम अ.ने.म.संघ कर्णाली प्रदेश अध्यक्ष कमरेड पद्ममा खडका, नेकपा एमाले सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष मोहन बडुवाल, केन्द्रिय कमिटी सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी, सदस्य, जिल्ला कमिटी अध्यक्ष, पदाधिकारी , पालिका पदाधिकारी, सदस्य, गैसस माहसंघ अध्यक्ष , गैसस जिल्ला अध्यक्ष र सदस्य , प्रेस चौतारीका पदाधिकारी र सद्स्य, अन्य नागरिक समाज लगायतको बृहत् उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०८१ माघ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस