स्काभेटरसँगै कर्णाली नदिमा फसेकाहरूको ४ घण्टापछि सकुशल उद्दार


जुम्ला ।  मुगु र बाजुरा जिल्लाको सिमानामा पर्ने झुगोलामा कर्णाली नदीमा स्काभेटर डुब्दा बेपात्ता भएकाहरुको सकुशल उद्धार भएको छ । 

मुगुको खत्याड गाउँपालिका र बाजुराको हिमाली गाँउपालिका विच झुगोलाको कर्णाली नदीमा सो स्काभेटर तर्ने क्रममा नदीको पानीमा फसेको थियो। नदिमा फसेकाे करिब चार घण्टापछि र्याफ्टिङ मार्फत उनिहरुकाे उद्दार गरिएकाे हाे ।

उद्धार गरिएकाहरुमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सिँजाका २३ वर्षीय भानु पछाई, सोही ठाउँका ३० वर्षीय सूर्य पछाई र १९ वर्षीय राजेन्द्र वड रहेको हुम्ला जिल्ला प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए।

उद्धार गरिएका मध्य सूर्य पछाई चालक हुन्। झण्डै तीन घण्टापछि विच नदीमा फसेकाहरुलाई हिमाली गाउँपालिकाको र्‍याफटिङबाट सकुशल नदी बाहिर ल्याइएको थियो।

दिउँसो १ बजेबाट नदीमा स्काभेटरसँगै उनीहरु फसेका थिए। उद्दारको अन्य विकल्प नभएपछि गाउँपालिकामा रहेको र्‍याफटिङ र उद्दारकर्ता घटनास्थल पुगेका थिए। साँझ ४ बजे उहाँहरुको सकुशल उद्दार गरेर अहिले उनीहरु मुगुको खत्याड पठाईएको छ ।

तर डोजर भने नदीको बिचमै रहेको छ। जुम्लाबाट मुगुको खत्याडहुँदै हुम्ला लैजाने क्रममा डोजर कर्णाली नदीबाट तार्न खोज्दा नदीमा फसेको थियो। डोजरलाई भने तान्ने मेशिन नहुँदा विच नदीमै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस