
जुम्ला । दलितका लागि दलित अभियानको नेतृत्व गरिरहेका दलित अभियान्ता खगेन्द्र सुनारलाई प्रहरी पक्राउ गरेको छ । सर्लाही अन्रजातिय विभेद प्रकरणमा गृहमन्त्रीको राजिनमा मागदेखी कारबाही हुनुपर्ने भन्दै आन्दोलन थालेका अभियान्ता सुनार
सोमबार संघिय संसद भवनमा संसद भवनमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अभियन्ता सुनारलाई मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगिएको छ ।
निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ माघ २९ गते सोमवार