मिमराज खत्रीकाे नेतृत्वमा ३१ सदस्यीय कर्मचारी यूनियन जुम्लाकाे नयाँ कार्यसमिति चयन

जुम्ला । नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्यसमिति जुम्लाकाे अध्यक्षमा मिमराज खत्री सर्वसम्मत निर्वाचित भएका छन । नवाैँ जिल्ला अधिवशेनपछि भएकाे बन्दशत्रबाट अध्यक्षमा मिमराज खत्री सहित कार्यसमितिनै सर्वसम्मत निर्वाचित भएकाे हाे ।

त्यस्तै कार्य समितिकाे खुला उपाध्यक्षमा शुक्रराज शाही,महिला उपाध्यक्षमा गिता हमाल,समावेशी उपाध्यक्षमा सुस्मिता थापा,सचिवमा क्षेत्र बहादुर महत सर्वसम्मत चयन भएकाे निर्वाचन कमिटीका संयाेजक हर्क बहादुर महतले बताए ।

उनका अनुसार सह-सचिवमा मदन प्रसाद उपाध्याय,काेषाध्यक्षमा प्रकाश राना चयन भएका छन् । भने ७ जनाकाे पदाधिकारी सहित ३१ सदस्यीय नयाँ कार्य समिति चयन भएकाे निर्वाचन कमिटी सदस्य प्रकाश उपाध्यायले बताए ।

उनका अनुसार नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएकाे छ । भने नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आजै सपथ ग्रहण गरेका छन् ।

नव निर्वाचित पदाधिकारी र सदस्यलाई नेपाल कर्मचारी यूनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्र बहादुर खड्का,नेपाली काँग्रेसका पार्टि सचिव अर्जुनसिंह कठायतले प्रमाण पत्र वितरण गरेका थिए ।
साथै केन्द्रीय र प्रदेश प्रतिनिधिहरु पनि टुंगीएका छन् ।

प्रकाशित मिति : २०८१ माघ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस