जुम्ला – हिमा गाउँपालिका – १ बड्की गाउँका कुशल राजनीतिज्ञ लंकबहादुर शाहीको ६३ वर्षको उमेरमा निधन भएको छ । त्यागी नेताका परिचित शाहीको शनिबार सुर्खेतमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित भएका शाहीको निधन भएको हो । २२ वर्षकै उमेरमा ०४६ सालअघि उपप्रधान पञ्चसमेत भएका शाही एक सादगी परोपकार नेता हुन् । उपप्रधान मञ्चपछि उनी २०४९ सालमा तत्कालिन बड्की गाउँ समितिको अध्यक्ष भए । त्यसपछि उनी कुनै पनि लाभको पदमा पुग्न सकेन । उनी लाभको पदमा नपुग्नु भनेकै सधै अरुलाई मिलाएर लैजानु पर्दछ । त्यसकारण पनि उनी लाभको पदमा पुग्नु भएन ।
नेपाली काँग्रेस पार्टी तत्कालिन पार्टी सभापति स्वर्गिय मानव सेजुवालको पालामा उनी जिल्ला कार्यसमिति सदस्य थिए । दुई कार्यकाल महाधिवेशन प्रतिनिधि, सदस्य हुदै हाल कर्णाली प्रदेश कार्यसमिति सदस्य रहेका शाहीले थुप्रै परोपकारी काम गर्दै आएका थिए ।
आफु भन्दा पनि अरुलाई सहयोग गर्नुपर्दछ भन्ने मनोभाव भएका एक सादगी नेता काका शाहीले शिक्षा स्वास्थ्य विकास निर्माणमा परोपकार काम गर्नु भएको धिरेन्द्र शाहीले बताए ।
स्वर्गिय शाहीसँग उमेरले एक वर्ष जेठोकान्छो जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले एक कुशल नेता गुमाएको अनुभुति भएको बताए । उनले भने, सधै अरुलाई मिलाएर, समेटेर लैजानु पर्छ भन्ने नेतृत्वदायी क्षमता भएका राजनीतिज्ञ शाही उपप्रधान पञ्च, गाविस अध्यक्षपछि लाभको पदमा पुग्न पाउनु भएन । कसैसँग पनि भैरभाव नराख्ने मिलनसार मिजासिलो स्वाभाव भएका नेतृत्व हुन् स्वर्गिय शाही ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, सिंजा क्षेत्रको एक कुशल राजनीतिज्ञ लंकबहादुर शाहीलाई अल्पआयूमै गुमाउन पुग्दा हामी दुखि छौँ ।
उहाँ निकै कुशल नेतृत्वदायी व्यक्ति हुनु हुन्थ्यो । उहाँसँग सानै उमेरदेखि चिन्दथ्यौँ जान्दथ्यौँ । विकास, कला संस्कृति प्रेमी नेता हुनु हुन्थ्यौँ । सवैसँग मिलनसार स्वभाव भएका व्यक्ति हुनुहुन्थ्यो ।
बौद्विक एवँ सँस्कृति प्रेमी नेता आदरणीय दाजु लँक बहादुर शाहीको दुखद निधनको खबरले मर्माहित बनाएको छ । मृतक दाजुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन र नेपाली काँग्रेस जनप्रति गहिरो समबेदना प्रकट गर्दछु, उनले भने ।
स्वर्गिय शाहीका श्रीमतिसहित तीन छोरा, एक छोरी छन् ।



