तातोपानीमा नागरिक सञ्जाल र गैसस बीच अन्तरक्रियात्मक बैठक

जुम्ला -तातोपानी गाउँपालिका – २ तातोपानी धारामा स्तानीय तह, नागरिक सञ्जाल र गैसस बीच अन्तरक्रियात्मक बैठक भएको छ । पालिका स्तरीय नागरिक समाज सञ्जालको आयोजनामा समीक्षात्मक बैठक भएको हो ।
सेभ तथा चिल्ड्रेनको सहयोग किर्डाक नेपाल जुम्लाले सञ्चालन गरेको सहयात्रा तेस्रो परियोजनाको सहजीकरणमा तातोपानीमा विभिन्न परियोजनाले कामका बारेमा समीक्षा गरिएको थियो । सहयात्रा तेस्रो परियोजना, रेरास परियोजना, पेस नेपाल, सर्वाेदय नेपाल, पोषण सुरक्षा केन्द्र र विश्व खाद्य कार्यक्रम, लिवर्ड, सर्बाेदय नेपाल, सोसेक नेपालले सञ्चालन गरेको कार्यक्रम र प्राप्त उपलब्धिका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो ।
बाल अधिकार शासन र बाल संरक्षण, यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे सहयात्रा तेस्रो परियोजनाका निमित्त परियोजना व्यवस्थापक प्रकाश शाहीले बाल अधिकार शासन र बाल संरक्षणका लागि काम गर्दै आएको बताए । उनका अनुसार परियोजनाले तातोपानीमा रहेका विपन्न, असहाय तथा जोखिमयुक्त बालबालिकालाई सहयोग गरिरहेको छ । ’व्यक्तिगत र सामुहिक रूपमा मनो सामाजिक परामर्श दिइरहेका छौँ ।
२५० जनालाई खाद्यान्न वितरण गरिएको छ । ३३५ जनाले लत्ताकपडा प्राप्त गरेका छन् । २८ जना अति जोखिमयुक्तलाई सहयोग गरिएको छ । उनले बाल सुधार, वडामा बाल सुधार, बालिकालाई खेलकुदमा जागरूक गराउन सामग्री वितरण गरिएको बताए । बालबालिकाका लागि बाल कोष स्थापना गर्नुका साथै सुत्केरीलाई चिसोबाट बचाउन बेबी सेन्टर स्थापना गरिएको उनको भनाई छ ।
परियोजनाले शिक्षा र जलवायु परिवर्तनबारे गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा संयोजक खेमराज लामिछानेले बालविकास केन्द्रका शिक्षकलाई क्षमता तालिम, विद्यालय सुधार योजना बनाउने, एकिकृत पाठ्यक्रम लागु गर्ने सम्बन्धि तालिम लगायतका कार्यक्रम गरिएको बताए । उनका अनुसार विद्यार्थी, विद्यलयलाई विभिन्न सामग्री सहयोग गरिरहेको छ ।
तातोपानीमा पेस नेपालले यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारीसहित परियोजना सञ्चालित छ । परियोजना अधिकृत देवकी विष्टका अनुसार परियोजना तातोपानी २, ५ र ६ वडामा कार्यक्रम सञ्चालनमा छन् ।
सर्वाेदय नेपाल जुम्लाले महिला सशक्तीकरणका लागि दीगो विकास कार्यक्रम लागु गरिएको छ । कृषि प्राविधिक सुरबहादुर रोकायले परियोजनाले स्वास्थ्य शिक्षा र कृषिमा काम गरिरहेको बताए ।
यस्तै, एमडिआई नेपाल, रेरास परियोजना र पोषण सुरक्षा केन्द्र र विश्व खाद्य कार्यक्रमले आफ्नो प्रगति बताएका थिए ।
अपांग पुनस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेका अनुसार अपांगमन्त्री भौतिक संरचना निर्माण हुन आवश्यक छ ।
तातोपानी गाउँपालिका योजना शाखा प्रमुख तथा गैसस डेक्सका संयोजक ओमबहादुर चन्दका अनुसार गैर सरकारी संस्थासँग समन्वय सहकारी गरी काम भई रहेको छ । उनले भने, गैससका कार्यक्रमले तातोपानी गाउँपालिकालाई सहज भएको छ ।
नागरिक सञ्जालका संयोजक प्रेमबहादुर अधिकारीका अनुसार कार्यक्रममा दिगोपन दिन आवश्यक रहेको छ । उनले भने, अनुगमन र निगरानीमा पनि उ ित्तकै ध्यान दिन आवश्यक रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस