जुम्ला – शिक्षक महासंघ जुम्लाले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेको छ । शिक्षक महासंघले मंगलबार देशभरसहित जुम्लाका ८ स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेको हो ।
तिला गाउँपालिका शिक्षक महासंघका अध्यक्ष रणबहादुर रावतले गाउँपालिका अध्यक्ष मोतीलाल रोकायालाई ध्यानाकर्षण पत्र बुझाउदै देशमा गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध र शिक्षक कर्मचारीका पेसागत माग मुद्दा सम्बोधन माग गरेका हुन् ।
विद्यालय सञ्चालान र वार्षिक परीक्षा कक्षा ५ र ८ को परीक्षा सञ्चालनको समयमै निर्णय गर्न ध्यानाकर्षण पत्र मार्फत माग गरिएको नेपाल शिक्षक महासङ्घ चन्दननाथ नगरपालिका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए ।


प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार



