जुम्ला – कनकासुन्दरी गाउँपालिका – ६ आधारभुत विद्यालय गोरुचौरमा कम लागत शिक्षक सामग्रीका विषयमा प्रशिक्षण गरिएको छ । गाउँपालिकाको समन्वयमा प्लान नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा कम लागत शिक्षक सिकाई सामग्रीका विषयमा प्रशिक्षण गरिएको हो ।
आधार परियोजना अन्र्तगत फागुन ८ र ९ गते दुई दिने कम लागत शिक्षक सिकाई सामग्रीका विषयमा प्रशिक्षण गरिएको पेस नेपाल जुम्लाका सामाजिक परिचालक विर्खबहादुर विष्टले बताए । उनले भने शिक्षक, बिब्यस पदाधिकारी र अभिभावकलाई कम लागत शिक्षक सिकाई सामग्रीका विषयमा प्रशिक्षण गरिएको छ ।
यस शिक्षक सिकाई प्रशिक्षणमा स्थानीय स्तरमा पाईने, स्थानीय उत्पादन सामाग्रीबाट कम मुल्य, सस्तो र छोटो समयमै बिभिन्न पठनपाठनका शैक्षिक सामाग्री निमार्ण गरिएको हो । मकैको खोया, निगाला, बास भाटा, बोटल, ढुंगा, काठ, खेर फालिएका कागज जस्ता सामग्री प्रयोग गरिएको हो ।
गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले यो लागत नलाग्ने र कम लागत लाग्ने शिक्षण शिकाई सामग्रीले शिक्षक, बिद्याथीलाई शिक्षण पठनपाठनमा ठुलो सहयोग पुग्ने बताए । उनले भने, एकदमै राम्रो कम खर्चमा छोटो समयमा बनाउन सकिने शैक्षिक सामग्री कनकासुन्दरीका सम्पुर्ण बिद्यालयमा आवश्यकता देखिएको छ । यो प्रशिक्षणबाट ठुलो सिकाई भएकोले अब प्रत्येक बिद्यालयमा यस्तो खालको तालिम सञ्चालन गर्ने छौँ ।
यो कार्यक्रमलाई गाउँपालिका शिक्षा तथा खेलकुद शाखामा नमुना कार्यक्रमको रुपमा पनि राख्ने अध्यक्ष आचार्यले पतिबद्ता गरेका छन् ।




