जुम्लाका ६ हजार ५ सय किशोरीलाई लगाइयाे एचपीभी खोप (कुन पालिकामा कति?)

जुम्ला । जुम्लाका ६ हजार ५ सय ६ जना किशाेरीले एचपीभी खाेप लगाएका छन् ।  पाठेघर मुखकाे क्यान्सर विरुद्व देशव्यापी रुपमा संचालन भएकाे खाेप अभियान अन्तर्गत जुम्लामा ६ हजार ५ सय ६ जना किशाेरीलाई खोप (एचपीभी ) खाेप लगाईएकाे हाे ।

गत माघ २७ गतेदेखि  फागुन ७ गते सम्म जुम्लाका आठै पालिकामा संचालित खाेप अभियान संचालन भएकाे थियाे ।
आठै पालिकाकाे विवरणनुसार  ६ हजार ७ सय ३९ जनालाई खाेप लगाउने लक्ष्य राखिएपनि ६ हजार ५ सय ६ जना किशाेरीलाई खाेप लगाईएकाे जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले बताए ।

उनका अनुसार एचपीभी खाेपबाट जुम्लाका ९६.५४ प्रतिशत किशाेरी लाभान्वित भएका छन् ।

कुन पालिकामा कतिले पाए खाेप ?
जनस्वास्थ्य कार्यालयले जिल्लाका एक नगरपालिका सहित सात गाउँपालिकामा कहा कतिले खाेप पाए भन्ने विवरण पनि खुलाएकाे छ । जसमा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा र सबैभन्दा कम गुठिचाैर गाउँपालिकामा खाेप लगाईएकाे छ ।

स्वास्थ्य कार्यालयकाे तथ्यांकनुसार चन्दननाथ नगरपालिकामा एक हजार ४२७ जना किशाेरीले खाेप पाउँदा गुठिचाैर गाउँपालिकामा ४१५ जनाले मात्रै खाेप लगाएका छन् ।

त्यस्तै  कनकासुन्दरी गाउँपालिकामा ८ सय जना, सिँजा गाउँपालिकामा ७ सय १५ जना, तातोपानी गाउँपालिका ६ सय ७३ जना, हिमा गाउँपालिकामा ८ सय ८ जना, पातारासी गाउँपालिकामा ८ सय ३ जना  र तिला गाउँपालिकामा ८ सय ६५ जना किशाेरीलाई एचपीभी खाेप दिईएकाे जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएकाे छ ।

चिसाे बिदाका कारण बन्द विद्यालयहरु समयमै नखुल्नु, केही किशाेरीहरु जिल्ला बाहिर रहेकाेले अपेक्षानुसार खाेप कभरेज हुन सकेन् ।

यदपी जनस्वास्थ्य कार्यालयले भने खाेप कभरेज बढाउन जिल्ला व्यापी रुपमा अभियाननै चलाएकाे थियाे। जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईका अनुसार विद्यालयमा अध्ययन गरिरहेका कक्षा ६ देखी १० सम्मका किशोरी र  विद्यालय बाहिरका १० बर्ष देखी १४ बर्षका किशाेरी लाई खोप लगाईएको छ  ।

खोप अभियान सफल पार्नका लागि जुम्लाकम ८६ वटा विद्यालय र हेल्थपोष्टलाई खाेप केन्द्र ताेकिएकाे थियाे ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस